प्रचण्डको भित्री योजना : आफू प्रधानमन्त्री, माधव–झलनाथलाई एकथान मन्त्री



हाम्रो इकोनोमि

 

भारतको भारी बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि हटाउने अभियान अघि बढाउनु भएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउने र सो स्थानमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाई आफू प्रधानमन्त्री बन्ने योजना बनाउनु भएको तथ्य खुलेको छ । प्रधानमन्त्रीकै लागि पार्टी बिभाजन गरिसकेको भन्दै प्रचण्डले भारतको योजनाअनुसार ओलीलाई सत्ताबाट हटाउन रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने र आफू प्रधानमन्त्री बन्ने योजना निकटहरुसँग राख्नुभएको हो । प्रचण्ड निकट एक नेताले  दिएको जानकारीअनुसार प्रचण्डले अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भारतले नचाहेको कारण आफू प्रधानमन्त्री बन्न सफल हुने र त्यस्को लागि रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनु पर्ने निश्कर्ष सुनाउनु भएको छ ।

‘ओली फाल्न त्यति सहज छैन, देउवाको दह्रो साथ देखियो,’ प्रचण्डको निश्कर्ष सुनाउँदै स्रोतले भन्यो, ‘राष्ट्रपति फालेर रामचन्द्रलाई बनाउँदा देउवा पनि कांग्रेसमा सकिन्छन भन्ने उता (भारत) तिरको कुरा छ, त्यसैअनुसार कांग्रेसभित्र पनि खेल भइरहेको छ, यतातिर पनि हामीले माधवलाई तपाई त पार्टी अध्यक्ष हो नि भनेर योजना सफल बनाउनु पर्छ । ती नेताका अनुसार प्रचण्डले आफ्नो पार्टीमा ढिलोचाँडो पूर्वएमाले नरहने तथ्य देखिसकेको भन्दै झलनाथ खनाललाई राष्ट्रपति बनाउँदा आफूहरुका लागि झनै जोखिमपुर्ण रहेको पनि बताउनु भएको छ । ‘पूर्वएमालेका नेता मात्रै आए, कार्यकर्ता त आउँदै आएनन, आएका पनि ढिलोचाँडो ओलीतिरै जान्छन, त्यही भएर अव रामचन्द्रलाई कांग्रेसमा बबण्डर गर्न लगाएर योजना सफल बनाउनु पर्छ भन्ने सिएम (प्रचण्ड) कमरेडको कुरा छ,’ ती नेताले भने । प्रचण्डले नेता खनाललाई राष्ट्रपति बनाउने भन्दै प्रधानमन्त्री ओलीबिरुद्धको मोर्चामा आफूतिर तान्नुभएको थियो ।

प्रतिनिधिसभा पुनःस्थापनालगत्तै खनालले ‘राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध महाअभियोग’ लगाएर हटाउन सफल भए राष्ट्रपति बन्न तयार रहेको सार्वजनिक घोषणा गर्नुभएको थियो । तर प्रचण्डले झलनाथलाई कुनै भाउ दिन नहुने भन्दै आफू निकटलाई भारतले पौडेललाई राष्ट्रपति बनाउनु पर्ने भनेको जानकारी दिनुभएको स्रोतले बतायो । प्रचण्डको यो योजना उहाँ निकट रही सचिवालयमा काम गरिसकेका पत्रकारका नेताहरुले नै खुलासा गरिसकेका छन । ‘सिएम (प्रचण्ड) ले रामचन्द्रलाई राष्ट्रपति, आफू प्रधानमन्त्री बन्ने र मधेसवादी दललाई उपसभामुख बनाउने कुरालाई नै तलसम्म पुर्याउन र यसैगरी समाचार सम्प्रशण गर्न निर्देशन दिनुभएको छ,’ प्रचण्डनिकट एक पत्रकार नेताले भने । खुमलटार स्रोतका अनुसार प्रचण्डले माधव नेपाल र झलनाथ खनाललाई केही मन्त्री मात्रै दिनसक्ने आफ्नो बटमलाइन सनाउनु भएको छ । ‘माधव–झलनाथले मन्त्री मात्रै पाउँछन, कार्यकर्ता ल्याको भए पो अरु दिनु ?’ प्रचण्डले आफूहरुसँग भनेको कुरा उधृत गर्दै ती नेताले भने ।

प्रचण्डको यही योजनाअनुसार उहाँ निकट मिडियाले आजबाट यस बिषयमा समाचार सम्पेशष गर्न थालेका छन । अब बन्ने सरकारले नै आगामी स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन पनि गर्ने भएको कारण बिगतमा जसरी नै मतपत्र च्यातेर वा बत्ती निभाएर चुनाव जित्नका लागि प्रचण्डले आफू प्रधानमन्त्री बन्नैपर्ने जिकिरसमेत गर्नुभएको छ । ‘सरकार गठन भएको दुई बर्षसम्म अबिश्वास प्रस्ताव ल्याउन पाईदैन, त्यसैले अहिले बन्ने सरकारको प्रधानमन्त्री आफै हुनुपर्छ, अरुलाई बिश्वास गर्न सकिदैन,’ प्रचण्डको निश्कर्ष छ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद रहेका छन । यही अंकगणितलाई आधार मान्दा नयाँ सरकार बन्न सामान्य बहुमतका लागि १३६ जना सांसद चाहिन्छ । गत निर्वाचनमा नेकपाको तर्फबाट १७४ जना सांसद विजयी बने पनि हाल १७१ जना सांसद मात्रै रहेका छन । १७१ जना सांसदमध्ये प्रचण्ड–नेपाल समूहमा ८८ जना, प्रधानमन्त्री केप ीओलीको पक्षमा ८३ जना रहेका छन भने २ जना तटस्थ छन । त्यसैगरी नेपाली कांग्रेससँग ६१ जना, जनता समाजवादी पार्टीसँग ३५ जना र ४ जना स्वतन्त्र सांसद रहेका छन ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...