ओली समूह र कांग्रेसबीच गठबन्धन भई नयाँ सरकार बन्छ : मोहनविक्रम



हाम्रो इकोनोमि

 

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र नेपाली कांग्रेसबीच गठबन्धन भई नयाँ सरकार बन्ने सम्भावना देखिने बताएका छन् ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ पारित गर्ने पक्षमा रहेकाले यो सम्भावना देखिएको महामन्त्री सिंहले बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने सिंहले बताएका छन् । संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहको विश्लेषण छ ।

प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेसमेत उनले बताएका छन् । ‘नैतिकता भए ओलीजीले राजीनामा दिनुपर्छ, तर अहिले उहाँमा नैतिकता देखिएको छैन ।’ साथै राजनीतिक अस्थिरताको कारक प्रधानमन्त्री ओली नै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...