पार्टी एकताका गर्ने प्रचण्ड–वामदेवको सहमति



हाम्रो इकोनोमि

 

वैधानिक रुपमा एउटै तर व्यावहारिक रुपमा दुई टुक्रा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पुनः एकढिक्का बनाउन प्रचण्ड–माधव समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बामदेव गौतमबीच समझदारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भावी सरकार निर्माण तथा राजनीतिमा कुनै पनि सहकार्य नगर्ने अडानमा प्रचण्ड छन् । तर, पार्टी एकतालाई निरन्तरता दिन भन्दै एउटा छुट्टै समूह खडा गरेर बसेका नेता बामदेव गौतमसँग बिहीबार बिहान खुमलटारमा भएको भेटवार्तापछि प्रचण्ड ओलीसँगको सहकार्यका लागि समेत राजी भएको बताइएको छ ।

गौतमसँगको भेटपछि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी पक्षधर नेता कार्यकर्तालाई पार्टी एकताका लागि आव्हान गर्ने भएका छन् । यद्यपि, प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधिसभा विघटनको कदमप्रति भने ओलीले आत्मालोचना गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

साथै ओली समूहमा गएकाहरुलाई पनि फर्कन प्रचण्डले आह्वान गर्ने भएका छन् । त्यस्तै ओली समूहमा लागेका नेता तथा सांसदहरुलाई पनि ओलीकै स्वभावको कित्तामा राखेर नहेर्नेमा आफूहरु स्पष्ट रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...