प्रचण्ड – माधवको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन : प्रेस सल्लाहकार थापा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका प्रचण्ड–माधव समूहका नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको नेतृत्वमा भावी सरकार निर्माण हुन नसक्ने बताएका छन् ।

उनले प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार गठन हुनु ‘गोरु ब्याएर बिगौती खानु’जस्तै भएको टिप्पणी समेत गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रीत्व)मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ,’ उनले अगाडि लेखेका छन्, ‘यसो हुनु भनेको गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं !!’

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...