प्रचण्ड – माधवको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन : प्रेस सल्लाहकार थापा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका प्रचण्ड–माधव समूहका नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको नेतृत्वमा भावी सरकार निर्माण हुन नसक्ने बताएका छन् ।

उनले प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार गठन हुनु ‘गोरु ब्याएर बिगौती खानु’जस्तै भएको टिप्पणी समेत गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रीत्व)मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ,’ उनले अगाडि लेखेका छन्, ‘यसो हुनु भनेको गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं !!’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...