यस्तो छ ओलीलाई हटाउने गौतमको प्रस्ताव



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँद तटस्थ बसेका वामदेव गौतमले आफूलाई सक्रिय बनाएका छन् । गौतमले बिहीबार बिहान पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नयाँ सरकारबारे छलफल गरेका छन् । गौतमले नेपाली कांग्रेससँग मिलेर सरकार नबनाउन दाहाललाई दवाव दिएका हुन् ।

खुमलटारस्थित दाहाल निवासमा भएको भेटवार्तामा गौतमले कांग्रेससँग नमिल्न दाहाललाई दवाव दिएका छन् । स्रोतका अनुसार दाहाललाई गौतमले केपी ओलीलाई सम्मानजनक रुपबाट प्रधानमन्त्रीबाट हटाएर कम्युनिस्टहरू मिलेर सरकार बनाउन अनुरोध गरेका हुन् ।

गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गर्न सकिने र त्यसबारे छलफल चलाउन दाहालसँग आग्रह गरेका छन् । संसद पुनःस्थापना भएपछि गौतमले आफूलाई सक्रिय बनाएका हुन् । गौतमले ओलीको राजीनामा पनि सार्वजनिक रुपमा मागेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग गोप्य भेटवार्ता गर्दै आएका गौतमले चीनको दवावमा काम गर्ने गरेको आरोप पनि छ । तर, गौतमले चीनको दवावमा आफूले कुनै काम नगरेको भन्दै आएका छन् । चीनले नेकपाका नेताहरूलाई मिल्न दवाव दिँदै आएको छ । नेकपाका नेताहरूनै मिलेर सरकार बनाउनुपर्ने पक्षमा चीन छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...