यस्तो छ ओलीलाई हटाउने गौतमको प्रस्ताव



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँद तटस्थ बसेका वामदेव गौतमले आफूलाई सक्रिय बनाएका छन् । गौतमले बिहीबार बिहान पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नयाँ सरकारबारे छलफल गरेका छन् । गौतमले नेपाली कांग्रेससँग मिलेर सरकार नबनाउन दाहाललाई दवाव दिएका हुन् ।

खुमलटारस्थित दाहाल निवासमा भएको भेटवार्तामा गौतमले कांग्रेससँग नमिल्न दाहाललाई दवाव दिएका छन् । स्रोतका अनुसार दाहाललाई गौतमले केपी ओलीलाई सम्मानजनक रुपबाट प्रधानमन्त्रीबाट हटाएर कम्युनिस्टहरू मिलेर सरकार बनाउन अनुरोध गरेका हुन् ।

गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गर्न सकिने र त्यसबारे छलफल चलाउन दाहालसँग आग्रह गरेका छन् । संसद पुनःस्थापना भएपछि गौतमले आफूलाई सक्रिय बनाएका हुन् । गौतमले ओलीको राजीनामा पनि सार्वजनिक रुपमा मागेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग गोप्य भेटवार्ता गर्दै आएका गौतमले चीनको दवावमा काम गर्ने गरेको आरोप पनि छ । तर, गौतमले चीनको दवावमा आफूले कुनै काम नगरेको भन्दै आएका छन् । चीनले नेकपाका नेताहरूलाई मिल्न दवाव दिँदै आएको छ । नेकपाका नेताहरूनै मिलेर सरकार बनाउनुपर्ने पक्षमा चीन छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...