प्रधानमन्त्री ओलीले राजीनामा नदिने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतको फैसलालाई स्वीकार गर्दै कार्यान्वयन गर्ने तर राजीनामा नदिने हुनुभएको छ । प्रतिनिधिसभा बिघटनको निर्णय बदर गर्दै आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाउन सर्वाेच्च अदालतको संबैधानिक इजलाशले फैसला गरेपछि पार्टीका नेतार मन्त्रीहरुसँगको छलफलपछि प्रधानमन्त्री ओली यस निर्णयमा पुग्नुभएको हो ।

अदालतको फैसलालगत्तै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुसँग बालुवाटारमा छलफल गर्नुभएको थियो । भर्खरै सकिएको छलफलमा प्रधानमन्त्री ओलीले अदालतको निर्णय कायान्वयन गरेर जाने र बुधवार आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै यस्तो बताउनु भएको हो । छलफलपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाका नेता सूर्य थापाले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद रहेको भए पनि कायान्वयन गर्ने जानकारी दिनुभयो ।

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,’ प्रधानमन्त्री ओलीको तर्फबाट आधिकारिक धारणा राख्दै प्रेस सल्लाहकार थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...