प्रचण्ड–माधवलाई कतिथरि पीर



हाम्रो इकोनोमि

 

हो पनि– सत्तारुढ नेकपाको एकता, संगठन परिचालन र विधिपूर्वक निर्णय गर्ने मामिलामा केपी ओली बाधक हुनुहुन्थ्यो । पुस ५ को कदमपछि ओली अलग्गै र विधि पक्षधर अलग्गै भएको स्थिति पनि छ । तर, फेरि पुरानै समस्या आइलाग्यो, कुरा नमिल्ने  प्रचण्ड–माधवपक्षीय नेकपाले सोमबार ६८ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । यही कुरा टुंग्याउन पनि निक्कै धपेडी चल्यो । यो समूह तुलनात्मक हिसावले कमजोर रहेको काठमाडौंको हकमा चर्को विवादपछि बसन्त मानन्धर अध्यक्ष र हिमाल शर्मा सचिव रहेको जिल्ला कमिटी घोषणा भएकोमा हाल सबै नाम होल्डमा राखिएको छ । काठमाडौंमा विवादको विषय थियो, मानन्धरलाई नै बनाउने । तर, कुन ? यसरी दुई मानन्धरतिर नेताहरु विभाजित भएपछि बीचमा केशव पोखरेलको नाम पनि आयो । तर, पार्टी दुवै मानन्धरको पोल्टामा गएन । दुई मानन्धरमध्ये अर्का थिए, सुरेन्द्र । बसन्त काठमाडौं क्षेत्र नं. ६ अन्तर्गत महानगरपालिकाको वडा नं. १६ का बासिन्दा ।

सुरेन्द्रचाहिँ कीर्तिपुर बजारका बासिन्दा । दुवै अखिल पृष्ठभूमिबाट आएका । फेरि दुवै ०५४ को विभाजनमा मालेतिर लागेका । पार्टीकी बागमती प्रदेश इञ्चाज अष्टलक्ष्मी शाक्यले सुरेन्द्रलाई नै अध्यक्ष बनाउनुपर्ने अडान लिएको । तर, बेदुराम भुषाल र रघु पन्तहरु बसन्त निकै अपमानित भएको कारण उनलाई भूमिका दिनुपर्नेमा । त्यसो त सुरेन्द्र पनि कम अपमानित हैनन् । ०७४ मा जित निश्चित भएको चुनावमा पहिला उम्मेद्वारका रुपमा प्रस्तुत भइसकेका थिए । पछि गठबन्धनका क्रममा उनको क्षेत्र माओवादीको भागमा पर्नाले उम्मेदवारीबाट बाहिरिए । चुनाव पनि हारियो । ०७० मा प्रचण्डसँग उठे । वैद्य समूहले कांग्रेसलाई भोट हालेपछि उनी दोस्रो र प्रचण्ड तेस्रो भए । बसन्त पनि कम अपमानित हैनन् । काठमाडौंको मेयरमा नाम आयो । टिकट पाएनन् । क्षेत्र नं. ६ बाट सांसदमा नाम आयो । त्यसमा पनि टिकट पाएनन् । प्रदेशसभामा जा भनियो । उठ्दिन भने तर जबरजस्ती उठाइयो, जिते पनि । यसचोटि जिल्ला अध्यक्ष बनाउने मामिलामा लामो समयदेखि पार्टीभित्र हेपिँदै आएका यिनै दुई युवाका बीचमै समस्या आइदियो ।

माधव नेपाल आफैँले बोलाएर फकाएपछि दुवै ब्याक भएको स्थिति छ । तर, फेरि पनि समस्या छ, सचिवमा । पूर्वमाओवादी केन्द्रको भागमा परेको काठमाडौंको सचिव भए हिमाल शर्मा । उनी बसन्त माले अखिलको महासचिव हुँदाका कोषाध्यक्ष । हिमालहरु त्यही बेला माले छाडी, माओवादीमा गए । हिमालको दावी हो, ‘म सिनियर हुँ ।’ उनी माओवादीमा बसन्तभन्दा पहिल्यै केन्द्रीय सदस्य भएको जिकिरसहित सचिव अस्वीकार गरिरहेका छन् । यसअघि पनि कृष्ण राईलाई अध्यक्ष मान्न नसक्ने उनको भनाइ थियो । तर, अन्तिममा प्रचण्डले थामथुम पारेर सचिव स्वीकारेका हुन् । सोमबार सार्वजनिक भएको जिल्ला कमिटीमा भोजपुरमा पूर्वमाओवादी केन्द्रको तर्फबाट सचिव भएका विमल खड्काले पनि पद अस्वीकार गरेका छन् ।

उता मोरङ, कास्कीजस्ता ठूल्ठूला शहरी जिल्लामा अझै अध्यक्ष र सचिव टुंगो लाग्न सकेका छैनन् । सोमबार जारी अपानिमा तीसहित ९ वटा जिल्ला कमिटी गठन भएको कुरा छैन । कारण हो, व्यक्ति–व्यक्तिमा विवाद हुनु । पूर्वमाओवादीहरुमा विवाद खासै छैन । तर, पूर्वएमालेको एउटा समूहभित्र पनि दुई–तीनजना आकांक्षी भइदिँदा समस्या छ । पूर्वमाओवादीचाहिँ कतिपय जिल्लामा नाम खालि राखेर पठाइदिऊँ भन्नेमा छ । त्यताबाट नाम, नागरिकता, भूगोल नमिलेर टेक नेममै जिम्मेवारी बाँड्ने कुरा आउँदा माधवले त्यो हुन्न भन्नुभएको छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...