ओलीको विकल्प देउवा हुँदैन : शशांक



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटनले संविधान र लोकतन्त्र नै खतरामा परेको निष्कर्षमा रहेका कांग्रेसका दुई प्रभावशाली नेताबीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाकै विकल्प खोज्नेगरी छलफल भएको छ ।

कांग्रेस महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पछिल्लो राजनीतिक अवस्था, सर्वोच्च अदालतको सम्भावित फैसला, कांग्रेसको महाधिवेशन र पार्टीले लिनुपर्ने रणनीति लगायतका विषयमा ‘गम्भीर छलफल’ भएको छ । प्रतिनिधिसभा विघटनपछि पार्टीभित्र देखिएको सैद्धान्तिक मतान्तर, संसद पुनःस्थापना भएमा हुनसक्ने सम्भावित राजनीतकि समीकरण लगायतका विषयमा पनि दुई नेताबीच छलफल भएको छ ।

दुवै नेताबीच अदालतले संसद पुनःस्थापना गरेको अवस्थामा के गर्ने ? भन्नेबारे पनि छलफल भएको थियो । संसद पुनःस्थापना हुनासाथ प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने तर विकल्प देउवा हुन नसक्नेमा दुवै नेता सहमत छन् । ‘संसद पुनःस्थापना भए कांग्रेसले ओलीको विकल्प दिनुपर्छ । प्रचण्ड-माधव पक्षले अब देउवालाई प्रधानमन्त्री स्वीकार्ने अवस्था छैन । त्यस्तो बेला पार्टीभित्रैबाट देउवाको विकल्प दिनुपर्ने हुनुसक्छ’, भेटमा भएको संवादबारे स्रोतले भन्यो ।

संसद विघटनविरुद्ध आन्दोलन चर्काउन आनाकानी गरेका कारण सभापति देउवा प्रधानमन्त्री ओलीको विकल्प बन्न नहुने दुवै नेताको धारणा छ । ‘संसद पुनःस्थापना देउवाजीको एजेण्डा होइन । पुनःस्थापना भए सबै दलको सहमतिमा कांग्रेसले विकल्प दिनुपर्ने हुनसक्छ’, नेताद्वयको छलफलको आशय थियो ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...