सुरक्षा परिषद्को बैठक सकियो, यस्ता भए निर्णय



हाम्रो इकोनोमि

 

लामो समयपछि बसेको सुरक्षा परिषद्को बैठक केहीबेरअघि सकिएको छ । रक्षा मन्त्रालयस्थित सुरक्षा परिषद्को सचिवालयमा बसेको बैठक बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको गतिविधिको समीक्षा गर्नाका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ ।

खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषद्को बैठक बस्ने गर्दछ । यसअघि गत कात्तिकमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

त्यसयता यो बैठक नबसेको र वर्तमान राजीतिक अस्थिरतालाई दृष्टिगत गर्दै कतिपयले आजको बैठकलाई निकै अर्थपूर्ण रुपमा लिएका थिए । प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...