२८ प्रकारका निर्वाचन सामग्री किन्न बोलपत्र आह्वान



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि बढाएको छ।  आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्नका लागि बोलपत्र आह्वान गरेको हो । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २५ करोड मध्येका  २८ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरिएको बताए। श्रेेष्ठका अनुसार चुनावमा विभिन्न ३६ प्रकारमा सामग्री चाहिन्छ।  ति सामग्री खरिदका लागि आयोगले २५ करोड छुट्टाएको छ। ति बाहेक जिल्लामा उपलब्ध हुने सामग्री भने जिल्ला निर्वाचन आयोगले नै खरिद गर्न सक्ने छन्। त्यसका लागि भने छुट्टै बजेटको व्यवस्था गरिएकाे श्रेष्ठको भनाइ छ।

बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...