प्रचण्ड-माधवलाई अहिलेसम्मकै ठुलो धक्का



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी विभाजनको असर चितवनको इच्छाकामना गाउँपालिकामा पनि प्रष्ट देखिएको छ। इच्छाकामनामा नेकपा विभाजनको असर पूर्व एमाले र पूर्व माओवादी आ–आफ्नै कित्तामा उभिएको देखिएको हो।
सोमबार ओली समूहले चितवनमा ५९९ जनाको जिल्ला महाधिवेशन आयोजक कमिटि गठन गरेसँगै इच्छाकामनामा पनि नेकपा विभाजनको असर प्रष्ट देखिएको हो। ओली समूहको जिल्ला महाधिवेशन आयोजक कमिटिमा इच्छाकामना गाउँपालिकाबाट मात्रै २६ जना सदस्यमा परेका छन्। नेकपाका तात्कालिन अध्यक्ष दान बहादुर गुरुङ, वडाध्यक्षहरु नन्दुलाल गिरी, पञ्च बहादुर चेपाङ, भुपेन्द्र चेपाङ सहित कृण्ण प्रसाद सिलवाल, कुमार श्रेष्ठ, रुद्र प्रसाद उप्रेती, नर बहादुर नेपाल, चन्द्रमणि सापकोटा, किशोर गुरुङ, मिन बहादुर श्रेष्ठ, माया सिलवाल लगायत सबै जसो पूर्व एमाले ओली समूहको जिल्ला कमिटिमा परेका छन्।

अहिलेसम्म देखिएका मध्य चन्द्रमणी सापकोटा पूर्व माओवादीको रहे पनि ओली समूहमा देखिएका छन् भने पूर्व एमालेका जुना राजभण्डारी दाहाल–नेपाल समूहमा देखिएका छन्। यद्यपी भण्डारी पनि ओली समूहमै रहेको आली समूहका नेकपा इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताए।

 

यसैबिच नेकपा ओली समूहको इन्चार्जमा दान बहादुर गुरुङ, अध्यक्षमा कृष्ण सिलवाल, सचिवमा रुद्रप्रसाद उप्रेती, सह–इन्चार्जमा चन्द्रमणी सापकोटा र नर बहादुर नेपाललाई जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...