अदालतलाई धम्क्याएको छैन : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनस्थापना भए देश फेरि राजनीतिक रुपमा अस्थिर र विकृत्त बन्ने चेतावनी दिएका छन् । कञ्चनपुरको दैजीमा अवस्थित छेला औद्योगिक क्षेत्रको आज शिलन्यास गर्दै उनले भने–देश र जनता सम्पूर्ण रुपले निर्वाचन उन्मुख भइसकेकाले फेरि अस्थिरता र खरिदविक्रीमा अल्झने अवस्था आवश्यक छैन ।

पुनस्थापना भए के हुन्छ ? फेरि नयाँ प्रधानमन्त्री खोज्दै हिंड्नुपर्ने हुन्छ– उनले प्रश्न गरे –भागबण्डा र लेनदेनको युग फेरि दोहरिन दिने ?
तर पुनस्थापना भयो भने पनि आफ्नो राजनीति नसकिने दाबी उनले गरे । कतिपयले हल्ला गरेको सुन्छु–पुनस्थापना भयो भने त ओलीको राजनीति नै सकिन्छ भनेको । तर म भन्छु ओलीको राजनीति ओलीले नै गरेको हो , जनतासँगको सम्बन्ध स्थापना गरेको छु , शक्ति केन्द्रको आडमा मैले राजनीति गरेको होइन ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...