प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच वार्ता



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले भेट गरेका छन्। थापा सोमबार अपरान्ह १ बजे सर्वोच्च अदालत पुगेर करिब एक घण्टा बिताएका थिए ।

सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको निर्माण हुन लागेको भवन सेनाको जग्गामा पर्ने भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाएका हुन्।

‘सर्वोच्च अदालतको भवन निर्माण हुँदै छ सर्वोच्च पछाडि, त्यो सेनाको क्याभलरी भएको जग्गा हो,’  अदालत निकट स्रोतले भन्यो, ‘सरकारी जग्गा भए पनि हस्तान्तरण र प्राप्तिको एउटा प्रक्रिया हुन्छ । त्यो प्रक्रियामा प्रधान सेनापति सेनाको प्रमुख भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले उहाँलाई बोलाउनु भएको हो ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...