आरक्षपीडितको समस्या चाडै समाधान गर्छु : वनमन्त्री आले



 

 

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाडो समाधान गर्ने बताउनु भएको छ । चौथो शुक्लाफाटा पर्यटन महोत्सबको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वन तथा वातावरण मन्त्री आलेले वर्षौदेखि आरक्षपीडित भएकाहरुको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आरक्षपीडितको बारेमा मैले सबै बुझेको छु, चाडै समस्या समाधान गर्न पहल गर्ने छु ।” सोही उद्घाटन कार्यक्रममा बोल्नु हुँदी मन्त्री आलेले यहाँका आरक्षपीडितहरुको समस्या समाधानका लागि एक छुट्टै आयोग गठन गरी पीडितले वर्षौदेखि गुमाएको जग्गा समेत फिर्ता दिने आश्वासन समेत दिनुभयो ।

यसैगरी मन्त्री आलले यो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार भएकाले यो सरकारले नागरिकका हितमा मात्रै काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले थप भन्नुभयो, “यो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हो, यो सरकारले अन्याय गर्दैन न्याय दिने छ ।” उक्त कार्यक्रममा शुक्लाफाटा आरक्षपीडितहरुले आफु आरक्षबाट वर्षौदेखि पीडित भएको र आफुले लगाएको बालीनाली पनि निकुञ्जबाट आउने जनावररुले खाने गरेका कारण झनै पीडित भएको भन्दै समाधानका लागि मन्त्री आलेलाई ज्ञापनपत्र समेत पेश गरेका थिए ।
शुक्लाफाटा निकुञ्जका आरक्षपीडितको बिसं २०५८ सालदेखि अहिलेसम्म पनि उचित व्यवस्थापन हुन नसकेको पीडितहरुको गुनासो छ । यसैगरी मन्त्री आलेले महाकालीको पुल निर्माणमा देखिएको समस्या पनि केही महिनाभित्रमा बाधा फुकाएर निर्माण गरिने दाबी गर्नु भयो ।

“पुलनिर्माणका विषयमा केही समस्या उत्पन्न भएको रहेछ, त्यसको पनि चाडो समस्या समाधान गर्ने छौँ,”उहाँले भन्नुभयो, “समस्या उत्पन्न भयो भनेर कामनै रोक्ने भन्ने हुँदैन समस्याको समाधान गरेर विकास निर्माणका काम सुचारु हुँने छ ।” यसैगरी मन्त्री आलेले वन क्षेत्रका कारण अवरोध सिर्जना भएका विकास निर्माणका काम अघि बढाउन बाधा–अड्काउ फुकाउन पहल भइरहेको जानकारी दिनुभयो । महाकालीमा निर्माण भइरहेको चारलेनको पुलको काममा ठूला ढुङ्गा झिक्नु पर्ने भएका कारण समस्या भएको पाइयो अब मन्त्रिपरिषद्को बैठकले ढुङ्गा झिक्न पाउने भन्ने निर्णय स्वीकृत गरेपछि त्यो कार्यान्वयनमा आउने उहाँले दाबी गर्नु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्ने उद्देश्यले बिसं २०७३ सालदेखि आयोजना हुँदै आएको महोत्सव पर्यटीकय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्ने नाराका साथ आज आइतबारदेखि सुरु भएको हो ।

भीमदत्त नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त महोत्सव यहि फागुन १५ गतेसम्म सञ्चालन हुँने भएको छ । शुक्लाफाँटा राष्ट्रिय महोत्सवका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, तालतलैया र दुर्लभ वनस्पतिका बारेमा सहभागीलाई जानकारी पनि गराइने लक्ष लिइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार विश्वमै दुर्लभ बाह्रसिंगाको सबैभन्दा ठूलो बासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रफलका हिसाबले सानो भए पनि ५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विशाल घाँसे मैदान र बाह्रसिंगाको झुन्ड रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको निकुञ्जले जनाएको छ ।

विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्