गणतन्त्रको तमासा देखेर नाचे पूर्व राजा ज्ञानेन्द्र



हाम्रो इकोनोमि

 

२०७७ फागुन  ७ गते नेपाली जनताले सार्वजनिक रुपमा प्रजातन्त्र दिवस मनाई रहँदा पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह भने उनको परिवार सहित रानी कोमलको ७१ औं जन्मोत्सव भव्य रुपमा मनाई राखेको थियो । विगत वर्षहरुमा पनि पूर्व बडारानी कोमलको जन्मोतसव यसैगरी मनाउने गरेको भएपनि यो पटकको शुभजन्मोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमका भिडियो  सार्वजनिक भएको छ ।

सैनिकमञ्चलाई नागरिक समाजको तर्फबाट कब्जा गर्ने भएको प्रयास केही घण्टापछि नै पूर्व  बडामरानी कोमलकोे ७१ औं जन्मोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह समेत प्रफुल्ल मुद्रामा नाँचेको दुश्य सहित रहेको उक्त भिडियो कुन प्रयोजनले सार्वजनिक भयाे भन्ने प्रष्ट नभएपनि पत्नी कोमलको जन्मोत्सवको अवसर भन्दा पनि गणतन्त्रको गाईजात्रा देखेर पूर्व राजा ज्ञानेन्द्र  शाह त्यसरी पत्नीको जन्मोत्सवमा नाँचेको विश्लेषण राजनीतिक क्षेत्रले गरेको छ ।

राजनीतिक दलका नेताहरू दन्त बजानमा राताे दिन सडकमा संवैधािनक प्रश्न खडा गरेर उफ्रिपाफ्री गर्न थालेपछि  राजनीतिक व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा गर्दै राजावादीहरू पनि  बाह्र वर्षमा त खोलो पनि फर्किन्छ सडकमा देखा परेका छन् । यही नेपाली कहावतलाई पन्ध्र वर्षमा चरितार्थ गर्दै राजतन्त्र फर्किने विश्वास लिएर पनि पूर्व राजा ज्ञानेन्द्र शाह  त्यसरी नाचेको हुन् भन्ने भनाई पनि अहिले बजारमा व्याप्त छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...