मकवानपुरमा प्रहरीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर



हाम्रो इकोनोमि

 

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल अवैध लागूऔषध गाँजा बरामद गरी जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् ।

स्थानीयको आक्रमणपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गर्नु परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो ।

गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा राक्सिराङ गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले आक्रमण गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको बताइएको छ ।

सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये सोही गाउँपालिका–१ बस्ने ४० वर्षीय कान्छालाला रुम्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको अवैध लागूऔषध १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...