​प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलन गर्छौ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

शनिबार विराटनगरमा भएको जनसभामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी पनि दिए। उनले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यस विपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरे। देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको भन्दै ओलीले चुनाव वैशाखमै हुने उनको दाबी थियो।

कुनै कारण प्रतिनिधि सभा पुन:स्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने, ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने प्रधानमन्त्री ओलीले दाबी जिकिर गरे।​ प्रचण्ड शुरूमा वैद्य हुँदै डाक्टरको शरणमा पुगेको बताउँदै अहिले भने झाँक्रीको शरणमा पुगेको ओलीले टिप्पणी गरे। उनले झाँक्रीले पनि प्रचण्डलाई संरक्षण गर्न नसक्ने बताए।

उनले सिद्धिएका प्रचण्डलाई आफूले सिङ हालिदिएको र आफूले लगाइदिएको सिङ बढेपछि प्रचण्डले आफूलाई सिध्याउन लागिपरेको आरोप लगाए। प्रचण्ड-माधव पक्षले काठमाडौंमा गरेको सभामा प्रचण्डले ‘केपी जी देख्नु भो सभा कस्तो हुँदो रहेछ’ भनेको कुरालाई इंगित गर्दै ओलीले विराटनगरमा सभा हेर्न आउन आग्रह गरे।

सभामा उपस्थित आफूनिकट नेता-कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा, नेता सुवास नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले पनि सम्बोधन गरेका थिए। उनीहरूले पनि प्रचण्ड-माधव समूहको आलोचना गरेका थिए।

संसद पुन:स्थापना हुन्छ – माधव नेपाल

संखुवासभाको खाँदबारीमा नेकपाको प्रचण्ड-माधव समूहले आयोजना गरेको विरोध सभामा सो समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले चाँडै संसद्‌ पुन:स्थापना हुने दाबी गरे‌। उनले ओलीले ‘श्री ३’ बन्न संसद्‌ विघटन गरेपनि त्यो पुन:स्थापना भएरै छोड्ने दाबी गरेका हुन्‌। संसद्‌ पुन:स्थापना भएपछि ओलीको हालत पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तो हुने नेपालले दाबी गरे।

पूर्वप्रधानमन्त्री नेपालले ओलीले चालेको असंवैधानिक कदमको विरुद्ध जनताले आन्दोलन थालिसकेको बताउँदै प्रतिगमन सच्याउन आफूहरू लागिपरेको बताए। अहिले दल, नागरिक समाज, बुद्धिजीवी, युवा, किसान र विद्यार्थीले आन्दोलन गरिरहेका कारण ओलीको सत्ता चाँडै ढल्ने नेपालले दाबी गरे। लामो समयको संघर्ष बलिदानबाट ल्याइएको संविधान प्रधानमन्त्री ओलीको सनकले खतरामा परेको उनको तर्क थियो।

‘जिन्दावाद’ र ‘मुर्दावाद’ एकै ठाउँमा

विराटनगरको सडकमा ‘केपी बा-आइ लभ यु,’ ‘केपी बा जिन्दावाद’ का नारासहित कार्यकर्ता भित्रँदै गर्दा सोही सडकमा प्रचण्ड माधव समूहका नेता तथा कार्यकर्ता भने प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजीसहित कालो झण्डा लिएर देखापरेका थिए।

विद्यार्थी र कार्यकर्ताहरूले विराटनगर विमानस्थलबाट कार्यक्रम स्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन। कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजी गरेका थिए।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...