पैसाको अभावले आन्दोलन रोकिन्न : रामचन्द्र पौडेल



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाकै कारणले आन्दोलन नरोकिने बताएका छन् । सभापति शेरवहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति जनाएका हुन् ।   इटहरीमा एक साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले आन्दोलन पैसा होइन बिचारले हुने भन्दै सभापति देउवाको आलोचना गरे । सर्वोच्चको फैसला नेपाली कांग्रेसले मान्ने बताएका पौडेलले प्रधानमन्त्री ओलीको पनि आलोचना गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको छ।’ कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोपसमेत पौडेलले लगाएका छन् । पौडेलले सभापति देउवाले आफ्ना कुरा नसुन्दा कांग्रेस कमजोर बनेको बताए । उनले प्रदेश सरकारविरुद्ध प्रचण्ड-माधव पक्षीय नेकपाले दर्ता गराएको अविश्वास प्रस्तावमा साथ दिनुपर्ने आफ्नो प्रस्ताव पनि देउवाले नसुनेको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...