पैसाको अभावले आन्दोलन रोकिन्न : रामचन्द्र पौडेल



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाकै कारणले आन्दोलन नरोकिने बताएका छन् । सभापति शेरवहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति जनाएका हुन् ।   इटहरीमा एक साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले आन्दोलन पैसा होइन बिचारले हुने भन्दै सभापति देउवाको आलोचना गरे । सर्वोच्चको फैसला नेपाली कांग्रेसले मान्ने बताएका पौडेलले प्रधानमन्त्री ओलीको पनि आलोचना गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको छ।’ कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोपसमेत पौडेलले लगाएका छन् । पौडेलले सभापति देउवाले आफ्ना कुरा नसुन्दा कांग्रेस कमजोर बनेको बताए । उनले प्रदेश सरकारविरुद्ध प्रचण्ड-माधव पक्षीय नेकपाले दर्ता गराएको अविश्वास प्रस्तावमा साथ दिनुपर्ने आफ्नो प्रस्ताव पनि देउवाले नसुनेको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...