विप्लव सरकारसँग वार्तामा बस्न तयार



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले भनेजस्तो नभए युद्धसम्मको धम्की दिइरहेको समयमा शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा सरकारसँग वार्तामा बस्न तयार देखिएको छ ।

नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार रहेको बताएका छन । उनले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।

 

विप्लवले विज्ञप्तिमा भनेका छन ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं।’ विप्लवले वार्ताका लागि सहमति जनाएसँगै सरकारले सो समूहमाथि लगाएको प्रतिवन्ध फुकुवाको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...