विराटनगरमा ओली नेतृत्व नेकपाको बृहत आमसभा



 

प्रदेश १ को राजधानी विराटनगरमा शनिबार ओली नेतृत्वको नेकपाले बृहत आमसभा गरेको छ । प्रदेश १ कमिटीले आयोजना गरेको बृहत् जनसभालाई प्रधानमन्त्री ओली, पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्नुभयो । जुनसभामा लाखौं जनता सहभागी भए ।

जनसभा अघि शक्ति प्रदर्शनमा हजारौं उपस्थित थिए । आमसभास्थल विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको खुला मैदानमा सभामा सूर्य चिह्न र ओलीको फोटो अंकित रातो टोपी, टि–सर्ट लगायतका तथा सूर्य चिह्न रहेको एवं नेपालको झण्डा बोकेका सहभागीले भरिएको थियो । बिराटनगरका सडकहरु पनि भरिभराउ थिए । दिउँसो १ बजेदेखि खुला मैदानमा कार्यक्रम सुरु भएको थियो ।

प्रदेशमा विभिन्न जिल्लाबाट सभामा सहभागी हुनका आएका कार्यकर्ता र सर्वसाधारण बिहान ११ बजेपछि मैदानमा छिर्न थालेका थिए । ४० हजार बढीको क्षमता रहेको तीन सय मिटर लम्बाई तथा दुई सय मिटरजति चौडाई रहेको मैदान एकै छिनमा भरिभराउ भयो । विराटनगरमा यसअघि संसद विघटनविरुद्ध दाहाल र नेपाल समूहले विरोध सभा गरेको थियो । दाहाल र नेपाल समूहले यसअघि विराटनगरको महेन्द्र चोकमा शक्ति प्रदर्शन र जनसभाको आयोजना गरेको थियो । सुरक्षा निकायले दाहाल नेपाल समूहमा १५ हजारजतिको उपस्थिति रहेको सुरक्षा निकायको रिपोर्ट छ । तर शनिवारको सभामा सो समुहको भन्दा १० गुणा बढी जनता उत्रिएका छन ।

शनिबारको सभामा पहिलो मैदानमा नअटेपछि कार्यक्रमका उद्घोषक नेकपा केन्द्रीय सदस्य विनोढ ढकालले सहभागीलाई पूर्व–दक्षिणतर्फ रहेको लगभग त्यत्रै अर्को मैदानमा गएर सभामा सहभागी हुन पटकपटक आग्रह गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस
माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका