विराटनगरमा ओली नेतृत्व नेकपाको बृहत आमसभा



हाम्रो इकोनोमि

 

प्रदेश १ को राजधानी विराटनगरमा शनिबार ओली नेतृत्वको नेकपाले बृहत आमसभा गरेको छ । प्रदेश १ कमिटीले आयोजना गरेको बृहत् जनसभालाई प्रधानमन्त्री ओली, पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्नुभयो । जुनसभामा लाखौं जनता सहभागी भए ।

जनसभा अघि शक्ति प्रदर्शनमा हजारौं उपस्थित थिए । आमसभास्थल विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको खुला मैदानमा सभामा सूर्य चिह्न र ओलीको फोटो अंकित रातो टोपी, टि–सर्ट लगायतका तथा सूर्य चिह्न रहेको एवं नेपालको झण्डा बोकेका सहभागीले भरिएको थियो । बिराटनगरका सडकहरु पनि भरिभराउ थिए । दिउँसो १ बजेदेखि खुला मैदानमा कार्यक्रम सुरु भएको थियो ।

प्रदेशमा विभिन्न जिल्लाबाट सभामा सहभागी हुनका आएका कार्यकर्ता र सर्वसाधारण बिहान ११ बजेपछि मैदानमा छिर्न थालेका थिए । ४० हजार बढीको क्षमता रहेको तीन सय मिटर लम्बाई तथा दुई सय मिटरजति चौडाई रहेको मैदान एकै छिनमा भरिभराउ भयो । विराटनगरमा यसअघि संसद विघटनविरुद्ध दाहाल र नेपाल समूहले विरोध सभा गरेको थियो । दाहाल र नेपाल समूहले यसअघि विराटनगरको महेन्द्र चोकमा शक्ति प्रदर्शन र जनसभाको आयोजना गरेको थियो । सुरक्षा निकायले दाहाल नेपाल समूहमा १५ हजारजतिको उपस्थिति रहेको सुरक्षा निकायको रिपोर्ट छ । तर शनिवारको सभामा सो समुहको भन्दा १० गुणा बढी जनता उत्रिएका छन ।

शनिबारको सभामा पहिलो मैदानमा नअटेपछि कार्यक्रमका उद्घोषक नेकपा केन्द्रीय सदस्य विनोढ ढकालले सहभागीलाई पूर्व–दक्षिणतर्फ रहेको लगभग त्यत्रै अर्को मैदानमा गएर सभामा सहभागी हुन पटकपटक आग्रह गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...