लोकतन्त्रवादीहरु चुनावबाट भाग्न सक्दैनन् : मन्त्री साह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् । आज रौतहटको बौधीमाई नगरपालिकाको सरमुजवामा नवनिर्मित स्वास्थ्य चौकीको भवन उदघाटन गर्दै मन्त्री साहले लोकतन्त्रलाई मान्ने सबै पक्षलाई चुनाव सफल पार्नका लागि आह्वान गरेका छन् । मन्त्री साहले कुनै पनि हालतमा बैशाख १७ र २७ गते प्रतिनिधिसभाको चुनाव हुने भन्दै तयारीमा जुट्न नेकपा कार्यकर्तालाई निर्देश दिएका छन् । चुनाव हुन दिनौ भन्नेहरु, चुनावमा पराजित भएर पनि सोही पदको लालसा राखी षड्यन्त्र गर्नेहरु, संघर्षको बेला राजाको पाउँमा दाम चढाउनेहरु, न्यायालयमाथि दबाब दिनेहरुले आफुलाई लोकतन्त्रवादी भनेर हिड्नु हास्यास्पद भएको मन्त्री साहको भनाइ छ । लोकतन्त्रको रक्षाका लागि आगामी चुनावमा जनताले मतदान गर्नुको अर्को कुनै विकल्प नरहेको मन्त्री साहले बताए ।

तपाईंहरु देख्नसक्नुहुन्छ, आज एकथरीले आफुलाई लोकतन्त्रवादी भनेर भन्दै हिडेका छन्, तर तीनै मान्छेले चुनाव हुन दिन्नौ भन्दैछन् । म भन्न चाहन्छु, कोही पनि लोकतन्त्रवादीहरु चुनावबाट कसरी भाग्न सक्छ ?´ मन्त्री साहले भने, `स्वतन्त्र न्यायालयमाथि दबाब दिनेहरु, चुनाव गर्नै नदिने भन्नेहरु, विगतमा लोकतन्त्रका लागि संघर्षको समयमा राजाको पाउमा दाम चढाउनेहरु, चुनावमा पराजित भएर पुनः सोही पदमा पुग्न षड्यन्त्र गर्नेहरुले लोकतन्त्रको रक्षा गर्छु भन्न्नुभन्दा हास्यास्पद के हुन सक्छ ?´ `म भन्न चाहन्छु जो कोही पनि असली लोकतन्त्रवादी हो भने उसले चुनावबाट जनताको मतादेश लिनुको विकल्प देख्न सक्दैन ।

कमरेडहरु, जनतालाई भ्रममा पार्नेहरुलाई निस्तेज गर्दै लोकतन्त्रको रक्षाको लागि चुनावको तयारीमा लाग्नुस´ मन्त्री साहले थपे, `बैशाख १७ र बैशाख २७ गते जुनसुकै हालमा निर्वाचन हुन्छ । सरकार चुनावमार्फत ताजा जनादेशद्वारा देशलाई नयाँ दिशा दिन चाहन्छ ।´ कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, नेकपाका प्रदेश सदस्यहरु त्रिभुवन साह ‘अमर’ एवम् मनोज यादव, नेता किरण साह, कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुश्वाहा, शैलेन्द्र साह, चन्देश्वर बैठा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...