बाबुराम भट्टराई उपचारका लागि आज दिल्ली जाँदै



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाने भएका छन् । उनी नेपाल वायुसेवाको विमानमार्फत नयाँ दिल्ली जान लागेका हुन् ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

चिकित्सकले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सककै सल्लाहअनुसार भट्टराई दिल्ली जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उनी नेपाली दूतावासमा बस्नेछन् । उनीसँग पत्नी तथा जसपा नेतृ हिसिला यमी र प्रेस सल्लाहकार विश्वद्वीप पाण्डे पनि दिल्ली जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...