बाबुराम भट्टराई उपचारका लागि आज दिल्ली जाँदै



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाने भएका छन् । उनी नेपाल वायुसेवाको विमानमार्फत नयाँ दिल्ली जान लागेका हुन् ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

चिकित्सकले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सककै सल्लाहअनुसार भट्टराई दिल्ली जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उनी नेपाली दूतावासमा बस्नेछन् । उनीसँग पत्नी तथा जसपा नेतृ हिसिला यमी र प्रेस सल्लाहकार विश्वद्वीप पाण्डे पनि दिल्ली जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...