लालबाबु पण्डित पनि ओलीको नेकपामा आए



हाम्रो इकोनोमि

 

पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लालबाबु पण्डित नेकपा विभाजनपछि दुवै पक्षमा नलागी तटस्थ बसेका छन् । उनी वामदेव गौतमको एकता अभियानमा पनि छैनन् ।

नेकपाका केन्द्रीय सदस्यमध्ये दुवै पक्षमा नलागी तटस्थ बस्ने पण्डित अब एक्लो नेता बनेका छन् । केपी ओली पक्षले शनिवार विराटनगरमा गरेको सभामा उनी आउने अपेक्षा गरे पनि सभामा सहभागी भएनन् ।

पण्डितले भने, ‘शनिवारको सभामा आउन भनेर धेरै साथीहरु घरमै आउनु भएको थियो । तर मैले अहिले दुबै समूहको सभा सम्मेलनमा नजाने निर्णय सुनाएपछि उहाँहरु कन्भिस भएर फर्किनुभयो ।’

नेता पण्डितले प्रतिनिधिसभा विघटनापछि धेरै नेता कार्याकर्ताले आफनो निवासमा आएर पार्टीको लाइन स्प्रष्ट गर्न भनेको समेत बताए । तर आफू अहिले तटस्थ् बस्ने भनेर उनीहरुलाई फर्काएको नेता पण्डितले बताए । उनले नेकपाको दुबै समुहको सभा सम्मेलन अहिले गाली गलाैज गर्ने मन्चको रुपमा परिणत भएको टिप्पणीसमेत गरे ।

‘अहिलेको स्थिति आउनुमा विचारभन्दा पदीय लडाइँ मुख्य कारण हो । त्यसैले म कतै लागेको छैन । मलाई दुवै समूहले बोलाए तर म कतै पनि गएको छैन, किनभने म फुटेको नेकपाको नेता हुन चाहन्न,’ पण्डितले भने

आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको र तटस्थ रहेर त्यो भूमिका निर्वाह गर्न खोजेको बताए । उनले अदालत र निर्वाचन आयोगले गर्ने निर्णयपछि तुलानात्मक रुपमा जुन समूह आफूलाई उपयुक्त लाग्छ त्यही समुहमा गएर उभिने पनि बताए।

पण्डितलाई माधव नेपालले औपचारिक कार्यक्रममा सहभागी हुनका लागि पटक-पटक आग्रह गरेका छन् । तर पण्डितले भने जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नेहरूलाई एकै ठाउँमा जोड्नका लागि आफू लागिपरेको बताए ।

प्रतिनिधिसभा विघटनपछि संसद सचिवालयमा दर्ता भएको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा पण्डितको पनि हस्ताक्षर छ । तर उनले भने आफ्नो अर्कै प्रयोजनको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

पण्डितले भने, ‘मैले आफनो पार्टीको सरकारका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेको छैन । अन्य राजनीतिक प्रयोजनका लागि हस्ताक्षर गरेको कुरा फोटोकपी गरेर अविश्वासको प्रस्तावको प्रयोजनमा समावेश गर्ने काम भएको छ । अविश्वास प्रस्तावमा मेरो समर्थन थिएन र हुन सक्दैन ।’

तत्कालीन एमालेमा उनी माधव नेपाल निकट नेताका रुपमा चिनिँदै आएका थिए । एमालेको नवौँ महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका उनलाई धेरैले प्रचण्ड-माधव समूहका नेता ठान्छन् । तर आफू अहिले माधव नेपालको पक्षमा पनि नरहेको उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...