योजना मिलाइदिने भन्दै ९ लाख कमिसन खाए प्रचण्डका सांसदले



हाम्रो इकोनोमि

 

जिल्लाको शुभकालिका गाउँपालिकामा निमार्णाधिन व्यहुली पान्तडि सडक निमार्णमा २ करोडको योजना मिलाइदिने भन्दै कालीकोट जिल्ला प्रदेशसभा क्षेत्र नं ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य कर्णाली प्रदेशका सचेतक कुर्मराज शाहीले ९ लाख रुपैया घुस लिएको आरोप लागेको छ ।

शुभकालीका गाउँपालिका–६ निवासी निमार्ण व्यवसायी सुरेन्द्रबहादुर खत्रीसंग २०७५ सालमा ९ लाख रुपैया घुस लिएर ठेक्का नमिलाएको व्यवसायी खत्रीले गुनासो गर्नुभयो । ‘व्यहुली पान्तडि सडक निमार्णका लागि २ करोडको योजना मिलाइदिन्छु भन्दै प्रदेशसभा सदस्य कुर्मराज शाहीले ९ लाख रुपैया माग्नुभयो ।’

उहाँले भन्नुभयो, ‘न योजना मिलाउनुभयो न पैसा नै फिर्ता गर्नुभयो, अहिले पैसा माग्दा ज्यान मार्ने धम्की दिनुहुुन्छ ।’ आफुले सुर्खेतको मंगलगढी चौकमा प्रदेशसभा सदस्यलाई समातेपछि आफ्ना स्वकीय सचिव आयुस सेजुवालले ९ लाखको खाली चेक दिएको खत्रीले बताउनुभयो ।

आफुले चेकको रकम झिक्न जादा खातामा पैसा नभएको उहाँले गुनासो गर्नुभयो । मलाई विश्वास थिएन माननियले यसरी झुटको खेति गरेर पैसा असुल गर्नुहुन्छ भनेर । आफु सुर्खेत हुँदै मलाई सुर्खेतबाट कालीकोट पठाएर सर्वे गर्न लगाएको र काम पनि नदिएको र काम पाउने आसमा दिएको ९ लाख पनि फिर्ता नभएको खत्रीले बताउनुभयो ।

यता प्रदेशसभा सदस्य माननिय कुर्मराज शाहीले आफुलाई यो विषयमा कुनै जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई यो कुरा नसोध्नुस् यो अनावश्यक कुरा हो, वाइयात कुरा हो तपाईले मलाई नसोध्नुस् ।’ यता ९ लाखको चेक दिने प्रदेशसभा सदस्य आयुस सेजुवालले योजना मिलाउने भनेर रकम नमागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुरेन्द्र खत्री मेरो मामा हुनुहुन्छ, मैले उहाँबाट सापटी मागेर व्यहुली पान्तडि सडकको सर्वेको रकम भुक्तानी गरेको हुँ, केही रकम फिर्ता भइसकेको छ । केही बाँकी छ त्यो पनि अबछिट्टै फिर्ता हुन्छ ।’

प्रदेशसभा सदस्यको चरित्र हत्या गर्ने उद्देश्यले केही व्यक्तिले फैलाएको हल्ला हो सेजुवालले थप्नुभयो, ‘जुम्लाबाट सडक सर्वेको पैसा ढिला आउने भएपछि कन्सल्टेन्सीलाई बुझाउनका लागि आफुले ५ लाख रुपैया सापटी मागेको हुँ ।’ यसमा माननिय ज्यूको नाम जोड्न आवश्यक छैन । तर यता पैसा दिने सुरेन्द्र खत्रीले आफुले योजना मिलाउने भन्दै मागेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...