नयाँ निर्वाचन नै लोकतन्त्र : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाबाट मुलुकलाई जोगाउन नयाँ निर्वाचनमा जानु परेको बताएका छन् । ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूभित्रैबाट अस्थिरता सिर्जना गर्न खोजिएकाले ताजा जनादेशमार्फत लोकतन्त्र बलियो बनाउनुपर्ने दायित्व आएको बताए । प्रधानमन्त्रीले भने, ‘प्रणालीभित्रैबाट लोकतन्त्रलाई अस्थिरतातर्फ लैजान खोज्ने र कुबाटोबाट धकेल्ने चेष्टाबाट मुलुकलाई अघि बढ्न नदिन निर्वाचनमा जानु परेको छ ।

यसमा सबै निकायले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ । लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीं कतैबाट नहोस् ।’ प्रधानमन्त्री ओलीले सोही अवसरमा शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न समूहलाई पनि संविधानभित्रको मूल प्रवाहमा आउन आह्वान गरेका छन् । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...