नयाँ निर्वाचन नै लोकतन्त्र : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाबाट मुलुकलाई जोगाउन नयाँ निर्वाचनमा जानु परेको बताएका छन् । ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूभित्रैबाट अस्थिरता सिर्जना गर्न खोजिएकाले ताजा जनादेशमार्फत लोकतन्त्र बलियो बनाउनुपर्ने दायित्व आएको बताए । प्रधानमन्त्रीले भने, ‘प्रणालीभित्रैबाट लोकतन्त्रलाई अस्थिरतातर्फ लैजान खोज्ने र कुबाटोबाट धकेल्ने चेष्टाबाट मुलुकलाई अघि बढ्न नदिन निर्वाचनमा जानु परेको छ ।

यसमा सबै निकायले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ । लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीं कतैबाट नहोस् ।’ प्रधानमन्त्री ओलीले सोही अवसरमा शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न समूहलाई पनि संविधानभित्रको मूल प्रवाहमा आउन आह्वान गरेका छन् । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...