कांग्रेस नेता प्रकाशशरण महतलाई नुवाकोटमा निषेध



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतलाई उनकै पार्टीले नुवाकोटमा निषेध गरेको छ । नुवाकोटमा तलका कार्यकर्तासम्म एउटा सञ्जाल कायमै रहेपनि पार्टीको गतिबिधिमा उनी प्रतिबन्धित जस्तै भएका छन । नेपाली कांग्रेस नुवाकोटले प्रजातन्त्र दिवसको अवसर पारेर पार्टी कार्यालय उद्घाटन गर्दैछ । उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एक दर्जन केन्द्रीय नेता सहभागी हुँदैछन चर डा प्रकाशशरण महत भने त्यसमा सहभागी हुन पाउनेछैनन् ।

गृह जिल्ला नुवाकोटमा निमन्त्रणा नपाएपछि शुक्रबार भोजपुर पुगेका सहमहामन्त्री डा प्रकाशरण महत विमानस्थलमा तस्बीर कैद गराउँदै । तस्बीरः महतका सहयोगी उत्तम पाठकको फेसबुकबाट साभार ।

जिल्ला कार्यसमितिले उनलाई निमन्त्रणा नै नगरेपछि उनी समर्थक कार्यकर्ताको सुझावमा भोजपुर घुम्न निस्किएका छन । गृह जिल्ला नुवाकोट भएर पनि उनी चुनाव लड्नका लागि काठमाडाैँ ५ मा पुगेपछि उनले पार्टीको निमन्त्रणमा समेत पाएनन् । पार्टीका कार्यकर्तासम्म गुट विस्तार गरेर नुवाकोटको भुगोल छाडेका कारण महतलाइ पार्टीले नसम्झिएको जिल्ला कार्यसमितिका एक सदस्यले बताए । उनले जिल्लामा संगठन बनाउने भन्दा पनि भएको संगठन ध्वस्त पार्न गुट निर्माणमात्र गरेको र गत स्थानीय निर्वाचनमा टिकट वितरणमा समस्या सिर्जना गरेको बताएका छन ।

 

महतले निमन्त्रणा नपाएको विषयमा दैनिकीले जिल्ला सभापति जगदिश्वरनरसिंह केसीसँग जिज्ञासा राेखेको थियो । सोक्रममा सभापति केसीले महतलाई निमन्त्रणा नगरेको पुष्टि गरे । उनले महतको निर्वाचन क्षेत्र काठमाडाैँ भएका कारण उनलाई निमन्त्रणा नदिएको बताए । सभापति केसीले भूगोलमा राजनीति गर्ने र केन्द्रीय नेताहरूलाई निमन्त्रणा गरिएको बताए । कांग्रेस नुवाकोटको यो निर्णय केन्द्रीय सभापति देउवाले पनि स्वीकार गरेका छन ।

देउवाका अत्यन्तै निकट सहयोगी मानिएका महतबिनाले देउवा नुवाकोट जान तयार भएका हुन । उनले अन्य नेताहरूको कुराकानीमा जिल्ला सभापति केसीले गरेको निर्णय संगठन निर्माणका लागि राम्रो भएको बताएको समेत एक नेताले बताएका छन । डा महतका कार्यकर्ताहरूले पनि जिल्ला सभापतिले निषेधको राजनीति गरेको बताएका छन । महत निकटका एक बद्री मुडभरीले सामाजिक सञ्जाल मार्फत केसीको निर्णयको बिरोध गर्दै निषेधको राजनीति नगर्न चेतावनी दिएका छन ।

महत निकटका नुवाकोट कांग्रेसका नेता बद्री मुडभरीले निमन्त्रणा नदिएको बारेमा व्यक्त गरेको असन्तुष्टि ।

प्रतिक्रिया दिनुहोस
एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...