सूर्य चिन्ह माग्दै फेरी प्रचण्ड-माधव पक्ष निर्वाचन आयोगमा



हाम्रो इकोनोमि

 

निर्वाचन आयोगले पुस ५ गतेपछिको नेकपाका दुवै पक्षका निर्णय अमान्य भनेपछि पार्टीको आधिकारिकता नपाउने आशंका गरेको प्रचण्ड-माधव पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र सहित आयोगमा जाने भएको छ ।

पेरिसडाँडास्थित प्रचण्ड–माधव पक्षको केन्द्रीय कार्यालयले विहीवारै केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता र परिचयपत्रसहित उपस्थित हुन सूचना पठाएको थियो । सो सूचनापछि काठमाडौं बाहिर रहेकाहरु पनि काठमाडौं आउँदैछन् ।

आयोगलाई दबाब दिने उद्देश्यले प्रचण्ड-माधव पक्षले केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा भेला हुन सूचना गरेको छ । सबै भेला भएपछि प्रचण्ड र माधव नेपाल सहित निर्वाचन आयोगमा जाने तयारी छ ।

नेकपा केन्द्रीय सदस्यको परिचयपत्रमा अध्यक्ष केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । प्रचण्ड-माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरिसकेकोे छ । तर आयोगले सो निर्णयलाई पनि मान्यता दिएको छैन ।

नेकपा केन्द्रीय सदस्यको परिचयपत्र यस्तो छ

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...