हाम्रा जिज्यूबुबाले ल्याएको प्रजातन्त्र अहिले संकटमा छ : पूर्व राजा ज्ञानेन्द्र शाह



हाम्रो इकोनोमि

 

पूर्व श्री ५ ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषका नेताहरूको शासन प्रणाली मात्र नभइ यो सामाजिक जीवन पद्धति भएको र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने धारणा सार्वजनिक गर्नुभएको छ ।

७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौँ- सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको औंल्याउनुभएको छ ।

नेपाल राष्ट्र जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व–रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञासँगै निषेध र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिन–प्रतिदिन जटिलतामा फस्दै गएको महसूस आम नेपालीले गरिरहेका भन्दै पूर्व श्री ५ ले चिन्ता प्रकट गर्नुभएको छ ।

शुभकामना सन्देशको आरम्भमा उहाँले भन्नुभएको छ– ‘सात दशकअघि फागुन ७ गतेका दिन नेपालमा प्रजातन्त्रको मिरमिरे घाम उदाएको हो । यसका निम्ति हाम्रा जिज्यूबुबा राष्ट्रपिता श्री ५ त्रिभुवन, अमर शहीदहरू तथा प्रजातन्त्रप्रेमी जनताको अथक योगदानप्रति हामी यस अवसरमा हार्दिक नमन गर्दछौँ ।’

‘प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो । विश्वमान्य प्रजातन्त्रको सिद्धान्तअनुरुप नेपालमा प्रजातान्त्रिक विधि-व्यवहार अघि बढोस् भन्ने हामी सबैको आकाङ्क्षा हो । प्रजातन्त्रप्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ । प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिट रहन्छ, यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिन्न ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...