हाम्रा जिज्यूबुबाले ल्याएको प्रजातन्त्र अहिले संकटमा छ : पूर्व राजा ज्ञानेन्द्र शाह



हाम्रो इकोनोमि

 

पूर्व श्री ५ ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषका नेताहरूको शासन प्रणाली मात्र नभइ यो सामाजिक जीवन पद्धति भएको र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने धारणा सार्वजनिक गर्नुभएको छ ।

७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौँ- सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको औंल्याउनुभएको छ ।

नेपाल राष्ट्र जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व–रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञासँगै निषेध र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिन–प्रतिदिन जटिलतामा फस्दै गएको महसूस आम नेपालीले गरिरहेका भन्दै पूर्व श्री ५ ले चिन्ता प्रकट गर्नुभएको छ ।

शुभकामना सन्देशको आरम्भमा उहाँले भन्नुभएको छ– ‘सात दशकअघि फागुन ७ गतेका दिन नेपालमा प्रजातन्त्रको मिरमिरे घाम उदाएको हो । यसका निम्ति हाम्रा जिज्यूबुबा राष्ट्रपिता श्री ५ त्रिभुवन, अमर शहीदहरू तथा प्रजातन्त्रप्रेमी जनताको अथक योगदानप्रति हामी यस अवसरमा हार्दिक नमन गर्दछौँ ।’

‘प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो । विश्वमान्य प्रजातन्त्रको सिद्धान्तअनुरुप नेपालमा प्रजातान्त्रिक विधि-व्यवहार अघि बढोस् भन्ने हामी सबैको आकाङ्क्षा हो । प्रजातन्त्रप्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ । प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिट रहन्छ, यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिन्न ।’

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...