कांग्रेस पतन उन्मुख : शहरी विकास मन्त्री प्रभु साह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले द्वैध चरित्र देखाएको हुनाले कांग्रेस पतन उन्मुख रहेको बताएका छन् । बिहीवार रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्धघाटन कार्यक्रममा बोल्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले निरन्तर सत्ता स्वार्थमा रहेको कांग्रेस वर्तमान स्थितिमा पनि दोहोरो चरित्र देखाइरहेको टिप्पणी गरे । ‘संसद विघटन पछि देशमा विद्यमान अवस्थाका बीच कांग्रेसको भुमिकामाथि सबैले एकपटक ध्यान दिन जरुरी छ ।

हामी जितेका पार्टी देशलाई नयाँ दिशा दिन ताजा जनादेशको लागि आह्वान गरेका छौँ’ मन्त्री साहले भने, ‘तर जनताले पराजित गरिसकेको नेताहरू भने संसद पुनर्स्थापनाको लागि माग गरिरहेको छ ।’ संसद विघटनकै विषयमा एकातिर अदालतको कुरा मान्ने भन्नू र अर्कोतिर आन्दोलन गर्ने कार्य गर्नु कांग्रेसको लागि पतनको सुरुवात भएको मन्त्री साहले बताए । कांग्रेसले संविधान बनाएको दाबी पनि गर्ने अर्कोतिर धर्मनिरपेक्षता, संघीयता लगायतका संवैधानिक व्यवस्था उल्टाउन खोज्ने दोहोरो चरित्र देखाएको मन्त्री साहले बताए । ‘एकातिर संसद पुनर्स्थापनाको माग गर्दै सडकमा आन्दोलन गरिरहेको कांग्रेस अर्कोतिर अदालतको फैसलालाई पनि स्वीकार्ने बताइरहेको छ ।

आज कांग्रेसको पोजिसन के छ ?’ मन्त्री साहले थपे, ‘यो द्वैध चरित्रले नै अलिअलि बाँकी रहेको कांग्रेस पतनको सिकार बन्दै गएको छ । र यही नै आजको आवश्यकता हो ।’ कांग्रेस द्वैध चरित्र देखाएर समाजलाई भ्रममा राखेर सत्ताको रस चाट्ने दाउमा रहेको बताउदै मन्त्री साहले कांग्रेसले विगतमा पनि एकातिर आन्दोलन गर्ने र अर्कोतिर राजासँग बार्गेनिङ गर्नेजस्ता गतिविधि देखाएर सत्ताको आसपास मात्र रहेको स्मरण गराए । आज मन्त्री साहले गुजरा नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गरे । यस अघि नै मन्त्री साहले तत्कालीन मन्त्री रघुवीर महासेठको हातबाट गरुडा नगरपालिकामा झाँझ नदी र कटहरीया नगरपालिकामा तरहरी नदीमा पुलमा शिलान्यास गरेका थिए । उनले छिट्टै लमहा नदीमा पनि पुल निर्माणका लागि शिलान्यास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...