प्रचण्डको १९ अर्ब घोटालाको फाइल तत्काल नखोल्ने



हाम्रो इकोनोमि

 

‘‘शान्ति प्रक्रियामा आएपछि हामीले देशका विभिन्न क्यान्टोनमेन्टमा १९ हजार लडाकु राख्यौं । तर भत्ता ३४ हजार बराबरको बुझियो । बाबुराम भट्टराईका अनुसार, क्यान्टोनमेन्टमा नक्कली लडाकु खडा गरेर  राज्यकोषको १९ अर्ब रूपैयाँ प्रचण्डले बुझेका छन् । त्यो १९ अर्ब रूपैयाँ कहाँ गयो ? जनयुद्धकाल र शान्ति प्रक्रियामा आइसकेपछिका बदमासी हामीले उठाइसकेका छैनौं । अहिले वैचारिक र राजनीतिक रूपमा लडिरहेका छौं । तर यसबारे हिसाब–किताब हुन्छ ।’’

प्रचण्डको नेतृत्वमा २०५२ देखि १० वर्षसम्म चलेको सशस्त्र संघर्षमा सहभागी ऊर्जा मन्त्री एवं नेकपा केपी शर्मा ओली समूहका नेता टोपबहादुर रायमाझीले बुटवलमा २०७७ फागुन १ गते शनिबार व्यक्त गरेको अभिव्यक्ति हो यो । क्यान्टोनमेन्ट घोटालामा संलग्नको आरोप खेपिरहेका प्रचण्डमाथि छानबिन हुनुपर्ने आशय केपी ओली समूहका नेताबाट व्यक्त भएको यो पहिलो घटना होइन ।

 

अन्य मन्त्रीले पनि अख्तियार सरकार मातहतको निकाय नभएर स्वतन्त्र हो भन्ने ख्याल नगरी यसरी नै त्यस प्रकरणतर्फ इंगित गरेर छानबिन अघि बढ्ने आशय गरिरहेका छन् । प्रेम राई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएपछि त यस्तो आवाज अझै चर्को सुनिन थालेको छ ।

हुन त, अख्तियारका प्रमुख आयुक्त प्रेम राईले नै आफ्नो नक्कली ट्विटर ह्याण्डलबाट भ्रम फैलाइएको आरोपपछि यसबारे प्रष्टीकरण दिइसकेका छन । उनले भनेका छन्–‘लडाकु शिविरको फाइल खोल्ने हल्ला निराधार हो ।’

तर आमसहमति बिनै विभिन्न संवैधानिक निकायसहित अख्तियार प्रमुखको पनि नियुक्ति गरिएकाले प्रचण्ड–माधव नेपाल समूह अख्तियारको वर्तमान नेतृत्वसँग बढी सशंकित देखिएको छ । लडाकु शिविरमा भएका घोटालालगायतको छानबिन गर्ने सर्तमा प्रमुख आयुक्त बनेकाले वचनअनुसार राईले आफ्ना कदम चाल्न सक्ने अनुमान पनि योबीचमा गरिएको छ । तर के बजार हल्लाजस्तै अख्तियार प्रमुख आयुक्त राई प्रचण्ड, जनार्दन शर्मालगायत नेता जोडिएका चीरपरिचित लडाकु शिविर घोटाला प्रकरणको फाइल खोल्ने मनस्थितिमा छन्  ?

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा राई प्रमुख आयुक्त भएकाले नेकपाको एउटा समूहका केही नेताले राईबाट त्यस्तो अपेक्षा गरेका छन् । कतिपय नेताले त प्रत्यक्ष रूपमा नै राईलाई त्यस्तो कदम चाल्न आग्रह गरेको बताइन्छ । तर राई बजार हल्ला गरिएजस्तो तत्काल प्रचण्ड जोडिएको लडाकु शिविर घोटाला प्रकरणको फाइल खोल्ने पक्षमा छैनन् । लडाकुको फाइल खोल्दा कसैको आग्रहमा चलेजस्तो, प्रतिशोध साँधेजस्तो देखिने भएकाले पनि उनी सचेत रहेको बताइन्छ  ।

 

‘राईले लडाकु शिविर घोटालादेखि माधवकुमार नेपाल जोडिएको बालुवाटार जग्गा प्रकरणको फाइल खोल्ने हल्ला एक पक्षले चलाएको छ,’ राईनिकट स्रोतले  भन्यो, ‘प्रोफेसनल ब्युरोक्रयाट राईको प्रमाण र तथ्यभन्दा बाहिर गएर कसैप्रति पनि प्रतिशोध साँध्न हुँदैन भन्ने कमिटमेन्ट छ । त्यसैले लडाकु शिविर घोटाला प्रकरणबारे चलाइएको हल्ला निराधार हो । यसमा सत्यता छैन ।’

केपी समूहनिकट रहे पनि राईमा व्यवसायिक धर्म निर्वाहमा उनी प्रतिबद्ध देखिन्छन् । उनले निकटताका आधारमा कसैमाथि पनि व्यवहार गर्दैनन भन्ने उदाहरण बालुवाटार जग्गा प्रकरण हो । राईको अग्रसरतामा भएको यो छानबिनमा राईले चाहेका भए केपी ओलीनिकट विष्णु पौडेललाई जोगाएर मात्र त्यसबारे सार्वजनिक गर्न सक्थे । तर उनले त्यसो गरेनन् । सरकारी, सार्वजनिक तथा गुठी जग्गा छानबिन आयोगलाई पनि उनले सहयोग गरेका थिए । त्यो आयोगका अध्यक्षले नै राईको मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...