आन्दोलन गर्न हामीसँग पैसा छैन : देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।

बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’

जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने उनले दोहोर्‍याए । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए ।

‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं’ कांग्रेस सभापति देउवाले भने, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैन ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...