शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् ।

सर्वोच्च अदालतमा आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको समेत बताएका छन् ।

प्रधानमत्रीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जनाएका छन् ।

प्रधानमन्त्रीले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने मात्र होइन सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...