जसपामा चरम विवाद, चारभाई लिएर पार्टी फोड्ने महतोको तयारी



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्रको विवाद छताछुल्ल भएर बाहिर आएको छ । जसपाका शीर्ष नेताहरूभित्र मेल हुन नसकेपछि पार्टी फुटको नजिक पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईसँग मिलेर पूर्व राजपावाला नेताहरूको राजनीति सिध्याउन लागेपछि पार्टी फुटको नजिक पुगेको हो ।

उपेन्द्र र बाबुराम जसपामा हाबी भएका छन् । यी दुई नेताहरूको निर्देशनमा पूर्व राजपाका नेताहरूलाई अवसरबाट बञ्चित गराउने गरिएको छ ।

यसैबीच, पूर्वरापजाका नेताहरूलाई मात्रै बोलाएर राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले काठमाडौंमा वृहत विद्यार्थी भेलाको आयोजना गरेको छ । भेलामा उपेन्द्र र बाबुरामलाई बोलाइएको छैन । उनीहरूको तस्वीर पनि पोस्टरमा राखिएको छैन ।

भेलामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झालाई मात्रै बोलाइएको छ । उनीहरूलाई प्रमुख वक्ताका रुपमा राखिएको छ ।

केही समय अगाडि सिरहामा भएको कार्यक्रममा उपेन्द्रले रेणु यादवलाई प्रमुख अतिथि बनाएर राजकिशोर यादवलाई जुनियर नेताहरूभन्दा तल आसन ग्रहण गराएपछि राजकिशोरसहितका उनको समूहले कार्यक्रम बहिस्कार गरेको थियो । सिरहा घटनाबाट पूर्व राजपाका नेताहरू झस्किएका छन् ।

उपेन्द्रले पार्टीभित्र निरंकुशता लाद्दै आएका छन् । उपेन्द्रको त्यही व्यवहारले गर्दा उनको पार्टी पटक पटक फुट्ने गरेको छ । बाबुराम पनि उपेन्द्रकै लाइनमा छन् । बाबुराम पनि एउटा पार्टीमा लामो समय टिकेर बस्न सक्दैनन् ।

जसपाको एउटा समूह चोइटिएर प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेशको तयारी गरेको छ । भित्रभित्रै गृहकार्य भइरहेको एक नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...