ओलीको तारोमा को को, यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पटक पटक आफूलाई जेल हाल्ने प्रयास हुँदै आएको बताइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफू र प्रचण्डलाई समात्ने योजना बनाएको आरोप लगाएका हुन् ।

आइतबार तेह्रथुममा उनले यसो भनिरहँदा ललिता निवास प्रकरणको मुद्दाबारे अदालतले नयाँ आदेश जारी गर्यो । जसअनुसार प्रमाणका कागजातहरु झिकाउन आदेश दिइएको छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार देखि अदालत सम्मले चासो लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राई प्रमुख आयुक्त भएलगत्तै ललिता निवासको फाइल फेरि खुल्न लागेको हो ।

बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश दिएको हो । उक्त जग्गा प्रकरणमा अभियोगपत्र दर्ता गर्दाका प्रमाणहरु झिकाउन आदेश दिएपछि अख्तियार त्यसमा लागेको छ ।

ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गालाई व्यक्तिको नाममा नामशारी गर्दाको प्रक्रियामा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । तर, उनीहरुलाई मुद्दा नचलाइएको भन्दै अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रधानमन्त्री ओलीले सोमबार सरकारको तीन वर्षे कार्यप्रगतिबारे बोल्ने क्रममा ललिता निवास जग्गा प्रकरण र मातातीर्थ जग्गा प्रकरणबारे छानविन गरी कारबाही बढाइएको विषय पनि उल्लेख गरे । ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिएका छन् । ललिता निवास जग्गा प्रकरणमा पनि बाबुराम मुछिएका छन् । उनलाई पनि ओलीले तारो बनाएको चर्चा छ ।

लडाकुको रकम हिनामिनासम्बन्धी विषयमा छानविन अगाडि बढाउन ओलीले दबाब बढाएका छन् । तत्कालिन माओवादी अध्यक्ष प्रचण्डमाथि लडाकुको रकम हिनामिनाको आरोप लाग्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा गएका पूर्व माओवादी नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले शनिबार बुटवलको सभामा बोल्दै लडाकुका लागि आएको अरबौं रकम खोइ ? भनी प्रश्न उठाएका छन् । उनले १९ अर्ब खोइ भनी प्रश्न गर्नुलाई अर्थपूर्ण मानिएको रिपोर्टस नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...