प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डा पार्टीले बोक्दैन : देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले निर्वाचनमा जाने मुड बनाएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डा लिएर जानुपर्ने बताएपनि सभापति शेरबहादुर देउवाले तत्कालै त्यसको प्रतिवाद गर्नुभयो ।

उहाले अदालतलाई कांग्रेसले आदेश दिन नसक्ने पौडेललाई स्पष्ट गरिदिनुभयो । पौडेल बोलेलगत्तै सभापति देउवाले प्रतिक्रिया दिदै प्रतिपक्षी पार्टीले अदालतलाई आदेश दिन नमिल्ने भन्दै पुनःस्थापनाको एजेण्डा पार्टीले नबोक्ने बताउनु भयो ।

‘संसद पुनःस्थापनाको एजेण्डा हामीले बोक्दैनौं । अदालतले जे भन्छ त्यही गर्नुपर्छ । चुनाव भन्यो भने चुनावमा जाने, पुनःस्थापना भयो भने संसदमा जाने,’ बैठकमा देउवाले भन्नुभयो । उहाले प्रतिपक्षी पार्टी निर्वाचनसंग डराउनुपर्ने कारण नरहेको समेत स्पष्ट पार्नुभयो ।

‘अदालतले चुनाव गर भन्छ भने हामी किन डराउने ? यदि ६ महिनामा चुनाव गरेन भने चै आन्दोलन गरौंला’, देउवाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...