प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डा पार्टीले बोक्दैन : देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले निर्वाचनमा जाने मुड बनाएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डा लिएर जानुपर्ने बताएपनि सभापति शेरबहादुर देउवाले तत्कालै त्यसको प्रतिवाद गर्नुभयो ।

उहाले अदालतलाई कांग्रेसले आदेश दिन नसक्ने पौडेललाई स्पष्ट गरिदिनुभयो । पौडेल बोलेलगत्तै सभापति देउवाले प्रतिक्रिया दिदै प्रतिपक्षी पार्टीले अदालतलाई आदेश दिन नमिल्ने भन्दै पुनःस्थापनाको एजेण्डा पार्टीले नबोक्ने बताउनु भयो ।

‘संसद पुनःस्थापनाको एजेण्डा हामीले बोक्दैनौं । अदालतले जे भन्छ त्यही गर्नुपर्छ । चुनाव भन्यो भने चुनावमा जाने, पुनःस्थापना भयो भने संसदमा जाने,’ बैठकमा देउवाले भन्नुभयो । उहाले प्रतिपक्षी पार्टी निर्वाचनसंग डराउनुपर्ने कारण नरहेको समेत स्पष्ट पार्नुभयो ।

‘अदालतले चुनाव गर भन्छ भने हामी किन डराउने ? यदि ६ महिनामा चुनाव गरेन भने चै आन्दोलन गरौंला’, देउवाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...