नयाँ गृहमन्त्रीको खोजी : ओली र गौतमबीच गोप्य छलफल



 

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको लागि अनुभवी गृहमन्त्री नभएको भन्दै नयाँ गृहमन्त्रीको खोजी गरेका छन् । सोहि खोजी अन्तर्गत बालुवाटारमै बोलाएर पार्टीका उपाध्यक्ष तथा एकता अभियान सुरू गरेका वामदेव गौतमलाई चुनावी गृहमन्त्री बन्न अफर गरेको खुलेको छ ।

आइतबार प्रधानमन्त्री ओलीको विशेष निमन्त्रणामा बालुवाटार पुगेका एकता अभियानका संयोजक गौतमलाई चुनावी सरकारको गृहमन्त्री बन्न अफर आयो ।
बालुवाटारबाट पटकपटक उपप्रधानमन्त्री र गृहमन्त्री बन्ने अफर पाएका गौतम पार्टी अनौपचारिक रूपमा विभाजन हुँदापनि यस्तो अफर पाउने भाग्यमानि बनेका छन् । तर उनको योजना भने बेग्लै छ । उनी अब उपप्रधानमन्त्री हैन पार्टी एकता गराएर प्रधानमन्त्री नै बन्ने योजनामा छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाखमा जसरी पनि चुनाव गराउने र अनुभवी गृहमन्त्री खोजेको भन्दै चुनावी सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न गौतमलाई प्रस्ताव गरे ।

आइतबारको भेटमा ओली र गौतमबीच चुनाव र पार्टीको विषयमा डेढ घण्टा छलफल भएको स्रोतले दाबी गरेको छ । उक्त भेटमा प्रधानमन्त्री ओलीले गृहमन्त्री सम्हाल्न उनलाई निकै जोड गरेका थिए ।

गृहमन्त्रीबाट बादललाई हटाउने भएपछि प्रधानमन्त्रीले गौतमलाई बोलाएर यसबारे छलफल गरेको स्रोतको दाबी छ । चुनाव गराउने भन्दै तयारी सुरू गरेका प्रधानमन्त्री ओलीलाई गौतमको प्रश्न गरेको बुझिएको छ । उनले ओलीलाई असार ५ गतेभित्र निर्वाचन गर्न नसके को गर्ने सोंच छ भन्दै प्रश्न गरेका थिए ?

जवाफमा ओलीले वैशाखमा जसरी पनि चुनाव हुने दाबी गर्दै कुनै अन्यौल नराखी चुनावी सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न आउनुस् भन्ने प्रस्ताव दोहोर्याए ।

गौतमले प्रधानमन्त्रीसँग असार ५ गते संसद् विघटन गरेको ६ महिना पुग्छ, असार ५ गतेभित्र चुनाव गराउन नसके के गर्नुहुन्छ भनेर प्रश्न गरेको बताइएको छ । प्रधानमन्त्रीले भने पटकपटक बैशाखमै चुनाव गराएरै छाड्ने बताएका थिए ।

त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले गौतमलाई तपाईंसँग चुनाव गराएको अनुभव पनि छ त्यसैले उपप्रधानमन्त्री र गृहमन्त्री बन्नुहोस् भनेर प्रस्ताव राखेका थिए ।
गौतमले भने अहिले आफू पार्टीलाई एक बनाउने अभियान थालेकाले दाँयाबाँया नलाग्ने बरू एकता गरेर प्रधानमन्त्री नै बन्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्