नयाँ गृहमन्त्रीको खोजी : ओली र गौतमबीच गोप्य छलफल



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको लागि अनुभवी गृहमन्त्री नभएको भन्दै नयाँ गृहमन्त्रीको खोजी गरेका छन् । सोहि खोजी अन्तर्गत बालुवाटारमै बोलाएर पार्टीका उपाध्यक्ष तथा एकता अभियान सुरू गरेका वामदेव गौतमलाई चुनावी गृहमन्त्री बन्न अफर गरेको खुलेको छ ।

आइतबार प्रधानमन्त्री ओलीको विशेष निमन्त्रणामा बालुवाटार पुगेका एकता अभियानका संयोजक गौतमलाई चुनावी सरकारको गृहमन्त्री बन्न अफर आयो ।
बालुवाटारबाट पटकपटक उपप्रधानमन्त्री र गृहमन्त्री बन्ने अफर पाएका गौतम पार्टी अनौपचारिक रूपमा विभाजन हुँदापनि यस्तो अफर पाउने भाग्यमानि बनेका छन् । तर उनको योजना भने बेग्लै छ । उनी अब उपप्रधानमन्त्री हैन पार्टी एकता गराएर प्रधानमन्त्री नै बन्ने योजनामा छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाखमा जसरी पनि चुनाव गराउने र अनुभवी गृहमन्त्री खोजेको भन्दै चुनावी सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न गौतमलाई प्रस्ताव गरे ।

आइतबारको भेटमा ओली र गौतमबीच चुनाव र पार्टीको विषयमा डेढ घण्टा छलफल भएको स्रोतले दाबी गरेको छ । उक्त भेटमा प्रधानमन्त्री ओलीले गृहमन्त्री सम्हाल्न उनलाई निकै जोड गरेका थिए ।

गृहमन्त्रीबाट बादललाई हटाउने भएपछि प्रधानमन्त्रीले गौतमलाई बोलाएर यसबारे छलफल गरेको स्रोतको दाबी छ । चुनाव गराउने भन्दै तयारी सुरू गरेका प्रधानमन्त्री ओलीलाई गौतमको प्रश्न गरेको बुझिएको छ । उनले ओलीलाई असार ५ गतेभित्र निर्वाचन गर्न नसके को गर्ने सोंच छ भन्दै प्रश्न गरेका थिए ?

जवाफमा ओलीले वैशाखमा जसरी पनि चुनाव हुने दाबी गर्दै कुनै अन्यौल नराखी चुनावी सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न आउनुस् भन्ने प्रस्ताव दोहोर्याए ।

गौतमले प्रधानमन्त्रीसँग असार ५ गते संसद् विघटन गरेको ६ महिना पुग्छ, असार ५ गतेभित्र चुनाव गराउन नसके के गर्नुहुन्छ भनेर प्रश्न गरेको बताइएको छ । प्रधानमन्त्रीले भने पटकपटक बैशाखमै चुनाव गराएरै छाड्ने बताएका थिए ।

त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले गौतमलाई तपाईंसँग चुनाव गराएको अनुभव पनि छ त्यसैले उपप्रधानमन्त्री र गृहमन्त्री बन्नुहोस् भनेर प्रस्ताव राखेका थिए ।
गौतमले भने अहिले आफू पार्टीलाई एक बनाउने अभियान थालेकाले दाँयाबाँया नलाग्ने बरू एकता गरेर प्रधानमन्त्री नै बन्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...