बादललाई गृहमन्त्रीबाट हटाउने तयारी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीबाट रामबहादुर थापा बादललाई हटाउने तयारी गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री र गृहमन्त्रीबीच राम्रो सम्बन्ध नभएको हल्ला चलिरहेको बेला प्रधानमन्त्रीले यस्तो तयारी गरेको खुलेको छ ।

संसद विघटन गरेपश्चात ओलीलाई साथ दिने भन्दै प्रचण्डको साथ छाडेका गृहमन्त्री बादल प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट हुँदै गएका छन् । त्यसैमाथि गतहप्ता मात्रै युवासंघको नयाँ नेतृत्वमा ओलीपक्षले आफू निकटलाई पर्गेलेपछि बादल थप रुष्ट बनेका छन् ।

ओली र बादलबीच सम्वन्ध बिग्रिएको भनिएको समयमै नेकपाको बहुमत लिएर ओलीविरुद्ध सडकमा उत्रिएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षमा रहेका केहि मन्त्रीहरू आफ्नो समुहमा आउन लागेको सार्वजनिक रूपमै बताएपछि प्रधानमन्त्री ओली सशंकित बनेका थिए ।

प्रचण्डले सार्वजनिक कार्यक्रममै यस्तो खुलासा गरेपछि प्रचण्ड समुहमा जान लागेका व्यक्तिहरूको ब्यापक खोजी बालुवाटारबाट भैरहको थियो । बालुवाटारमा खोजी भैरहेका बेला उर्जामन्त्री टोपबहादुर रायमाझीले भने चोरले खुट्टा तान्छ भनेझैँ गरी हठात विज्ञप्ति नै निकालेर प्रचण्डले कुप्रचार गरेको र आफू ओली समूहमै रहेको बताएका थिए ।

युवासंघ गठन गर्दा एकलौटी गरिएको र यसमा आफ्नाहरूले पनि अवसर पाउनुपर्ने माग राख्दा बादलको कुरा प्रधानमन्त्री ओलीले भने सुन्दै सुनेनन् । आफू निकट युवाहरूले पनि थप दवाव सृजना गरेपछि बादल थप संकटमा परेका छन् । उता रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रधानमन्त्रीबाट दवाव आएको र छुटाउन ओली निकट मानिने पूर्वसभामुख सुवास नेम्वाङले दवाव दिएको बिषयले पनि बादल अन्दलोचनमा परेका छन् ।

संसद विघटनसँगै घोषणा गरिएको चुनावको मिति नजिकिएको अवस्थामा गृहमन्त्रालय र प्रधानमन्त्री कार्यलयसँग तारतम्य नमिलेको प्रधानमन्त्री ओली निकट स्रोतले नै दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...