भागरथी भट्टको हत्यारा पक्राउ



 

२१ माघमा विद्यालयबाट घर फर्कँदै गरेकी बैतडीे दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्याको १३ दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी आज सार्वजनिक गर्दैछ ।

प्रहरीले भागरथीको हत्यामा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवक रहेको र उनले वलात्कार र हत्या गरेको स्वीकारेको प्रहरी भनाई छ ।

२१ माघमा बलात्कार र हत्या भए पनि त्यसको भोलि साँझ ५ बजे मात्रै लवलेक जङ्गलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र भागरथीको शव फेला पारेको थियो ।

आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

बलात्कार पछि घाँटी थिचेर हत्या गरेको प्रहरी अधिकारी बताउँछन् । भागरथीको बलात्कार पछि घाँटी थिचेर हत्या गरेको पोस्टमार्टम रिपोर्टले समेत पुष्टि गरिसकेको छ । सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले पक्राउ परेका आरोपीले घटना स्वीकार गरिसकेको बताए ।

‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्वीकारेका छन्’ उनले भने ‘आज हामी सार्वजनिक गर्दैछौं ।’

घटना भएको पहिलो दिन देखिनै शङ्काको घेरामा रहेका युवकबाटै उनको हत्या भएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘ती युवक हाम्रो उच्च निगरानीमा थिए तर, पर्याप्त प्रमाण थिएन’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने ‘हामीले प्रमाण जम्मा गरेर उनलाई नियन्त्रण लिएका हौँ ।’ प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेको आरोपीले बदला लिन यो घटना गराएको प्रहरीलाई बताएका छन् । ‘बाबुको पालाको बदला लिन भागरथीका बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने, ‘छिमेकी दुई परिवार बिचमा पुरानो रिसइबी देखिन्छ ।’ अन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए ।

१० दिन देखि प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुबेदी आफै घटना स्थलमा खटिएर अनुन्धान गरिरहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट समेत डीएसपीको कमान्डमा प्रहरी टोली खटिएको थियो । नेपाल प्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्