हामीलाई प्रचण्ड-माधवको चिन्ता छ : निर्वाचन आयोग



हाम्रो इकोनोमि

 

नेकपाको विवाद र विभाजनलाई कुनै न कुनै रूपले नटुङ्ग्याइकन चुनावमा जान मुस्किल हुने देखिएकोले निर्वाचन आयोग गम्भीर गृहकार्यमा जुटेको पाइएको छ ।

आयोगले नेकपा विभाजनलाई अस्विकार गरे पनि उक्त पार्टी एकीकृत भएर रहन सम्भव देखिँदैन । प्रतिनिधिसभा पुनस्र्थापना भएमा मात्र प्रचण्ड-माधवको राजनीतिक भविष्य सूरक्षित हुन सक्ने, तर विघटनले निरन्तरता पाएमा उनीहरू चुनावमा सहभागी हुने स्थिति छैन । निर्वाचनमा जाने ढोका खुला नगरिदिए उनीहरू चुनाव बहिष्कार गर्न बाध्य हुने र त्यसले मुलुकमा असामान्य स्थिति पैदा गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी निर्वाचन आयोग प्रचण्ड समूहलाई पार्टीको मान्यता दिने उपायको खोजीमा लागेको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार आयोग अहिलेसम्म ठोस निष्कर्षमा पुगिसकेको छैन, तर आचारसंहिता लागु गर्नुपहिले नै प्रचण्ड पक्षलाई समेत पार्टीको मान्यता दिने अठोटका साथ गृहकार्य भइरहेको बुझिएको छ ।

पार्टीगत मान्यता प्राप्त गरे पनि सूर्य चिन्हको हकदार भने सूर्य चिन्हमा चुनाव लडेर आउने पक्षलाई नै बनाइने सङ्केतहरू मिलेका छन् । त्यस अवस्थामा माधव-प्रचण्ड पक्ष हँसिया–हथौडा चुनाव चिन्ह लिएर मैदानमा जानुपर्ने बाध्यात्मक अवस्था आइलाग्ने छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...