प्रधानमन्त्री ओली र वामदेव गौतम दुई घण्टा गोप्य वार्ता



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग आइतबार दिउँसो झण्डै दुई घण्टा एकान्त वार्ता गरेकै भोलिपल्ट गौतमले जम्बो एकता समिति घोषणा गर्नुभएको छ । नेकपा विभाजनसँगै एकता अभियानमा लाग्नुभएका गौतमले दुवैपक्षसँग समदूरी राख्ने बताउँदै आए पनि उहाँ पटक–पटक बालुवाटार पुग्नुभएको देखिन्छ ।

यसबीच, भारतीय गुप्तचर संस्था ‘र’ बाट काठमाडौंको निम्ति स्टेशन म्यानेजर फेरिएका छन् । यसअघिका अभिजित हल्दरको स्थानमा राघवप्रसाद भट्नागर माघ ३० गते दिउँसो टोलीसहित काठमाडौं आइपुगेका हुन् । यसअघि उनी कोलम्बोस्थित दूतावासमा डेपुटी काउन्सिलर र अस्तिसम्म भुटानमा कार्यरत थिए । ‘र’ को प्रमुख परिवर्तनसँगै काठमाडौंस्थित दूतावासको सुरक्षा टोली पनि फेरिएको छ । उक्त टोलीको नेतृत्व डिआइजीले गर्छन् ।

इन्टेलिजेन्स ब्युरोकी मैथिली झालाई बदली गर्न आउने पनि महिला नै रहेको श्रोत बताउँछ । मैथिली अघिल्लो महिना फर्केपछि निमित्तको रुपमा दक्षिण भारतका आइपीएस अफिसर स्टालिनले काम चलाउँदै थिए । नेपालको राजनीति तरल बन्दै गएको बेला भारतीय राजदूत विनयमोहन क्वात्राले भेटघाटको श्रृंखलालाई आइतबार पनि निरन्तरता दिएको देखिन्छ । टोखातिर बस्ने कांग्रेसका ठूलै नेतासँग त्यसदिन उनको भेट भएको स्रोतको दाबी छ । जनआस्थाबाट

 

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...