प्रधानमन्त्री ओली र वामदेव गौतम दुई घण्टा गोप्य वार्ता



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग आइतबार दिउँसो झण्डै दुई घण्टा एकान्त वार्ता गरेकै भोलिपल्ट गौतमले जम्बो एकता समिति घोषणा गर्नुभएको छ । नेकपा विभाजनसँगै एकता अभियानमा लाग्नुभएका गौतमले दुवैपक्षसँग समदूरी राख्ने बताउँदै आए पनि उहाँ पटक–पटक बालुवाटार पुग्नुभएको देखिन्छ ।

यसबीच, भारतीय गुप्तचर संस्था ‘र’ बाट काठमाडौंको निम्ति स्टेशन म्यानेजर फेरिएका छन् । यसअघिका अभिजित हल्दरको स्थानमा राघवप्रसाद भट्नागर माघ ३० गते दिउँसो टोलीसहित काठमाडौं आइपुगेका हुन् । यसअघि उनी कोलम्बोस्थित दूतावासमा डेपुटी काउन्सिलर र अस्तिसम्म भुटानमा कार्यरत थिए । ‘र’ को प्रमुख परिवर्तनसँगै काठमाडौंस्थित दूतावासको सुरक्षा टोली पनि फेरिएको छ । उक्त टोलीको नेतृत्व डिआइजीले गर्छन् ।

इन्टेलिजेन्स ब्युरोकी मैथिली झालाई बदली गर्न आउने पनि महिला नै रहेको श्रोत बताउँछ । मैथिली अघिल्लो महिना फर्केपछि निमित्तको रुपमा दक्षिण भारतका आइपीएस अफिसर स्टालिनले काम चलाउँदै थिए । नेपालको राजनीति तरल बन्दै गएको बेला भारतीय राजदूत विनयमोहन क्वात्राले भेटघाटको श्रृंखलालाई आइतबार पनि निरन्तरता दिएको देखिन्छ । टोखातिर बस्ने कांग्रेसका ठूलै नेतासँग त्यसदिन उनको भेट भएको स्रोतको दाबी छ । जनआस्थाबाट

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...