अनि देउवाले मुन्टो बटार्नुभयो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेता पशुपतिसमशेर राणा, जनता समाजवादी पार्टीको पूर्वराजपा समूहका नेता महन्थ ठाकुरहरूलाई अलिक परसम्मको यात्रा सँगै गराउने के होला रोडम्याप † अनुमान गरौँ त, कसले गर्दै होला यसनिम्ति पहल ?

जसपा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेट्न गएको एउटा भारतीय टोलीले यही आशय देखाउनु र उहाँले शेरबहादुरसँग कुरा गर्दा उही लवजमा पेश हुनुले पनि भित्री चलखेलको अनुमान राजनीतिक बृत्तमा व्यापक बनेको छ । बाबुरामले भन्नुभयो, ‘तपाईं प्रधानमन्त्री बन्नै खोजेको हो भने प्रचण्ड–माधवको पक्षबाट बन्नुस् न, किन केपीतिर घिस्रिनुभएको ?’ तर, शेरबहादुरले केपीतिरै मोह भएजस्तो हाउभाउ देखाउनुभयो ।

उहाँ वैशाखमा चुनाव हुँदैन भन्नेमा ढुक्कमात्रै हुनुहुन्न, त्यसपछिको प्रधानमन्त्री आफैँ हो भन्नेमा पनि त्यत्तिकै विश्वस्त हुनुहुन्छ । र, आफ्नै नेतृत्वमा मंसिरमा चुनाव गराउने मनशाय बुझिन्छ । जे–जसरी पनि सत्तामा नगई नछाड्ने उहाँको मनस्थिति बुझेपछि भावी रणनीति तय गर्न क्षेत्रपाटीस्थित प्रकाशमान सिंहको निवासमा रातिराति इतर खेमाको इमर्जेन्सी बैठक बस्न थालेको छ । कृष्ण सिटौला, रामचन्द्र पौडेल, रामशरण महत, अर्जुननरसिंह केसीलगायत ८÷९ जनाको यी भेलामा सहभागिता रहन्छ ।

अर्कातिर, जसपाभित्र बाबुराम, उपेन्द्र यादव, अशोक राईहरूको पूर्व वाम समूह प्रचण्ड–माधवपक्षीय आन्दोलनको मोर्चाबन्दीमा जान तयार भएको अवस्था छ । यदि त्यस्तो भयो र त्यो मोर्चाबन्दीमा पूर्वराजपा समूह सरिक भएन भने मधेसवादी दल एकातिर, उपेन्द्रसहित बाबुरामहरू अर्कातिर हुने सम्भावना छ । र, प्रकारान्तरमा त्यही मोर्चाबन्दी प्रचण्ड–माधव समूह नेतृत्वको नेकपासँग एकतामा रुपान्तरित हुने सम्भावना छ पनि भनिँदैछ । जनआस्थाबाट साभार

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...