विप्लव समूहका २ नेता नेकपामा प्रवेश



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका पश्चिम कमाण्डर धमेन्द्र बास्तोला अहिले प्रहरी हिरासतमा छन् । उनका छोरी–ज्वाईं अनिमा बास्तोला र गणेश भण्डारी गत ३० माघमा प्रधानमन्त्री निवास बालुवाटारभित्र थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फोटो पनि खिचाए ।

आफ्ना बुवा/ससुरालाई हिरासतमुक्त गर्ने प्रयासस्वरुप प्रधानमन्त्रीसँग भनसुनका लागि उनीहरु त्यहाँ पुगेका होइनन् । त्यो केवल राजनीतिक भेटघाट थियो । पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूह त्यागेर ओली समूहमा प्रवेश गरेका उनीहरुले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक विषयमा कुराकानी गरेको  बताए ।

गत १७ माघमा सुर्खेतमा आयोजित एक कार्यक्रममार्फत गणेश र अनिमाले ओली समूहमा प्रवेश गरेको औपचारिक घोषणा गरेका थिए । यद्यपि, त्यसभन्दा अगाडि नै ओली समूहले भण्डारीलाई आफ्नो केन्द्रीय समितिमा मनोनीत गरिसकेको थियो । अनिमा भने प्रदेश कमिटीमा छिन् ।

 

अनिमाका श्रीमान गणेश भण्डारी नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष हुन् । उनी २०६८ सालमा माओवादी कोटाबाट बोर्ड अध्यक्ष नियुक्त भएका थिए । माओवादीले सुर्खेत जेल ब्रेक गर्दा उनी पनि संलग्न थिए । उनले माओवादीको सांस्कृतिक विभागमा रहेर लामो समय काम गरे । करिब २३ वर्षदेखि प्रचण्डलाई साथ दिइरहेका भण्डारीले अहिले किन ओलीलाई रोजे त ?

उनी भन्छन्, ‘पछिल्लोपटक नेपाल कम्युनिष्ट आन्दोलनको केन्द्रीकरण हुँदा जनता खुशी थिए । तर, प्रचण्ड–माधव नेपाल यो एकताको विरुद्धमा लाग्नुभयो । सरकारलाई काम गर्न दिइएन । ओलीले राष्ट्रिय एकताको पक्षमा निरन्तर अडान लिंदै आउनुभयो । विकास र समृद्धिको नारा अघि सार्नुभयो । त्यसैले प्रचण्ड–नेपालभन्दा उहाँलाई ठीक देखेँ ।’

ओली समूहमा जान लागेको खबर पाएपछि प्रचण्डले आफूलाई भेट्न बोलाए पनि नगएको भण्डारीले बताए ।

उनले भने, ‘मलाई फोन गरेर भेटौं भन्नुभएको थियो । तर, मैले भनेँ– पहिले धेरैचोटि भेटेँ । अब भेटेर पनि केही अर्थ छैन । हामी राजनीतिक रुपमा अलग भयौं ।’

फेसबुकमा ‘आइ लभ यू ओली बा’ भन्दै ओलीलाई भेटेको तस्वीर पोष्ट गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...