विप्लव समूहका २ नेता नेकपामा प्रवेश



 

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका पश्चिम कमाण्डर धमेन्द्र बास्तोला अहिले प्रहरी हिरासतमा छन् । उनका छोरी–ज्वाईं अनिमा बास्तोला र गणेश भण्डारी गत ३० माघमा प्रधानमन्त्री निवास बालुवाटारभित्र थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फोटो पनि खिचाए ।

आफ्ना बुवा/ससुरालाई हिरासतमुक्त गर्ने प्रयासस्वरुप प्रधानमन्त्रीसँग भनसुनका लागि उनीहरु त्यहाँ पुगेका होइनन् । त्यो केवल राजनीतिक भेटघाट थियो । पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूह त्यागेर ओली समूहमा प्रवेश गरेका उनीहरुले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक विषयमा कुराकानी गरेको  बताए ।

गत १७ माघमा सुर्खेतमा आयोजित एक कार्यक्रममार्फत गणेश र अनिमाले ओली समूहमा प्रवेश गरेको औपचारिक घोषणा गरेका थिए । यद्यपि, त्यसभन्दा अगाडि नै ओली समूहले भण्डारीलाई आफ्नो केन्द्रीय समितिमा मनोनीत गरिसकेको थियो । अनिमा भने प्रदेश कमिटीमा छिन् ।

 

अनिमाका श्रीमान गणेश भण्डारी नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष हुन् । उनी २०६८ सालमा माओवादी कोटाबाट बोर्ड अध्यक्ष नियुक्त भएका थिए । माओवादीले सुर्खेत जेल ब्रेक गर्दा उनी पनि संलग्न थिए । उनले माओवादीको सांस्कृतिक विभागमा रहेर लामो समय काम गरे । करिब २३ वर्षदेखि प्रचण्डलाई साथ दिइरहेका भण्डारीले अहिले किन ओलीलाई रोजे त ?

उनी भन्छन्, ‘पछिल्लोपटक नेपाल कम्युनिष्ट आन्दोलनको केन्द्रीकरण हुँदा जनता खुशी थिए । तर, प्रचण्ड–माधव नेपाल यो एकताको विरुद्धमा लाग्नुभयो । सरकारलाई काम गर्न दिइएन । ओलीले राष्ट्रिय एकताको पक्षमा निरन्तर अडान लिंदै आउनुभयो । विकास र समृद्धिको नारा अघि सार्नुभयो । त्यसैले प्रचण्ड–नेपालभन्दा उहाँलाई ठीक देखेँ ।’

ओली समूहमा जान लागेको खबर पाएपछि प्रचण्डले आफूलाई भेट्न बोलाए पनि नगएको भण्डारीले बताए ।

उनले भने, ‘मलाई फोन गरेर भेटौं भन्नुभएको थियो । तर, मैले भनेँ– पहिले धेरैचोटि भेटेँ । अब भेटेर पनि केही अर्थ छैन । हामी राजनीतिक रुपमा अलग भयौं ।’

फेसबुकमा ‘आइ लभ यू ओली बा’ भन्दै ओलीलाई भेटेको तस्वीर पोष्ट गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो