मन्त्री साहले गुजरामा बाँडे ग्यास सिलिन्डर



हाम्रो इकोनोमि

 

शहरी विकास मन्त्री प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् । आज जिल्लाको उत्तर–पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको दुबै वडामा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ७ सय ७१ परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

गुजरा नगरपालिकाको वडा नम्बर ८ को जुगौलियामा २१४, देवीपुरमा ६२ र पिपरामा ९५ घर परिवार तथा वडा नम्बर ९ को दयालपुरमा १४०, अमतवामा १३०, अमतवा चौधरी टोलमा ग्यास १३० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण भएको हो । कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहाले खाना पकाउनमा सहजता ल्याउन तथा धुवाँका कारण स्वास्थ्यमा हुने असर न्युनीकरण गर्न मन्त्री साहको धुवाँ चुल्हो मुक्त अभियानले ठूलो भूमिका खेलेको भन्दै प्रसंशा गरे । प्रतिनिधिसभाको निर्वाचन ताका मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।

यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ । कार्यक्रममा प्रदेश सांसद मा. कुन्दन कुशवाहासहित मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह, नेकपाको प्रदेश कमिटी सदस्य त्रिभूवन साह, नेता चन्देश्वर बैठालगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
फराकिलो जितका लागि दोलखामा पार्वतलाई सहज

    नेकपा एकीकृत मार्क्सवादी–लेनिनवादी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै...

रास्वपा मकवानपुर सभापति कांग्रेसमा प्रवेश

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश...

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...