सर्वोच्चको फैसला चाँढै आउँने



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले आजबाट एमीकस क्यूरीको राय लिनेछ । रिट निवेदकको पक्ष र विपक्षका सबै बहस सकिएपछि सर्वोच्च अदालतले गठन गरेको एमीकस क्यूरीका तर्फबाट बहस हुने छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका विषयमा राय/सुझाव लिनका लागि बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक सहित पाँच सदस्यीय एमीकस क्यूरी गठन गरेको थियो । यी पाँच जनाले आजबाट आफ्नो राय दिनेछन् ।

 

एमीकस क्यूरीको रायपछि मिहिन अध्ययन गरेर सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउँनेछ । एमीकस क्युरी सर्वोच्च अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमीकस क्युरी गठन गर्ने प्रचलन रहेको छ ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...