सर्वोच्चको फैसला चाँढै आउँने



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले आजबाट एमीकस क्यूरीको राय लिनेछ । रिट निवेदकको पक्ष र विपक्षका सबै बहस सकिएपछि सर्वोच्च अदालतले गठन गरेको एमीकस क्यूरीका तर्फबाट बहस हुने छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका विषयमा राय/सुझाव लिनका लागि बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक सहित पाँच सदस्यीय एमीकस क्यूरी गठन गरेको थियो । यी पाँच जनाले आजबाट आफ्नो राय दिनेछन् ।

 

एमीकस क्यूरीको रायपछि मिहिन अध्ययन गरेर सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउँनेछ । एमीकस क्युरी सर्वोच्च अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमीकस क्युरी गठन गर्ने प्रचलन रहेको छ ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...