संसद पुनर्स्थापनाले निकास दिँदैन, यसको पछि नलागौं : विप्लव



हाम्रो इकोनोमि

 

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले असफल संसदीय व्यवस्थाबाट परिवर्तनको आकांक्षा पुरा नहुने बताएका छन्। ‘जनयुद्ध दिवस’को अवसरमा शुभकामना दिँदै विप्लवले जनयुद्ध आम जनताको चाहना र आवश्यकतासँग जोडिएको बताए।

तर अहिले प्रतिक्रियावादीहरूको मिलेमतोमा जनयुद्धका उपलब्धिहरू तहसनहस पारिएको उनले भनाई छ। असफल दलाल पूँजिवादीको संसदीय व्यवस्थाले जनआकांक्षा पुरा नहुने उनले दाबी गरे। संसद पुनर्स्थापनाले दिने निकास जनअपेक्षित नहुने पनि उनको जिकिर छ।

‘यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्छ,’ वक्तव्यमा भनिएको छ, ‘जसले सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा वैज्ञानिक समाजवाद या पूँजिवादको फैसला गर्नेमा नेतृत्व दिन सक्नेछ।’

विप्लवले दशकौं देखिको परिवर्तनकारी जनआकांक्षालाई प्रतिनिधित्व गर्न सक्ने शक्तिका रुपमा विका गर्न रणनैतिक संयुक्त मोर्चा अगाडि आएको बताए। उनले राजनीतिक विकल्पका पक्षमा गोलबन्द हुन परिवर्तनकारी शक्तिहरूमा आह्वान पनि गरे

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...